|

सशस्त्र प्रहरीद्धारा एक सय ८० किलो गाँजा बरामद


चितवन असोज २२- चितवनको मनहरी क्षेत्रमा पर्ने राप्ती खोलाको बगरवाट सशस्त्र प्रहरीले एक सय ८० किलो गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल गाढीमाई गणवाट सशस्त्र प्रहरी नायब निरीक्षक नवीन देउजाको नेतृत्वमा गस्तीमा खटिएको टोलीले सोमवार विहान उक्र परिमाणको गाँजा बरामद गरेको हो ।

राति करिब २ बजे खोलाको बगरमा बोराभित्र राखिएको अवस्थामा १३ पोका गाँजा बरामद गरिएको सशस्त्र प्रहरी, गढीमाई गण भण्डारा चितवनका गणपति गणेश थापाले जानकारी दिनुभयो ।

गाँजाको व्यापार गर्ने तस्करलाई खोजतलास गरिएको भए पनि पक्राउ गर्न नसकिएको गणले जनाएको छ । बरामद गरिएको गाँजा मनहरि प्रहरीलाई जिम्मा लगाइएको थापाले जानकारी दिनुभयो ।

Posted by Butwalonline on 7:30 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सशस्त्र प्रहरीद्धारा एक सय ८० किलो गाँजा बरामद"

Leave a reply