|

दशै तिहार र छठ पर्वलाइ मध्य नजरगरी सुरक्षा संयन्त्रमा कड़ाई


वृजराज कुशवाहा असोज २२,रामग्राम, नवलपरासी-दशै तिहार र छठ पर्वलाई मध्ये नजर गरी जिल्ला प्रहरी कार्यालय नवलपरासीले जिल्लाको सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ । प्रहरी नायब उपरिक्षक रामदत्त जोशीले आज एक पत्रकार सम्मेलनको आयोजना गरी राजमार्गमा रहेका प्रत्येक प्रहरी एकाईले २४अ‍ै घण्टा गस्ती प्ट्रोलिंग गर्ने व्यवस्था मिलाईएको जनाएका छन् ।

दशै तिहार र छठ पर्वमा हुने गरेको आपराधिक गतिविधीका कारण सर्वसाधारण मर्कामा पर्ने गरेको र धनमालको क्षति हुने घटनाबाट बच्नका लागि जिल्ला प्रहरी कार्यालय नवलपरासीले जिल्लामा भएका ६४२ जना प्रहरी सबै परिचालन गर्ने व्यवस्था मिलाएको छ । आवश्यक परेमा यस जिल्लाका लागि ११४ जना दंगा प्रहरीको आपात्तकालिन व्यवस्था समेत गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीले जिल्लाको सुरक्षा व्यवस्था कडा पारेको र राजमार्गमा चल्ने यात्रुवाहक सवारीमा हतियार सहितको प्रहरी परिचालन गर्ने व्यवस्था मिलाईएको बताईएको छ । प्रहरीले नवलपरासीको सुनवलदेखि गैंडाकोटसम्मका सवारी साधनहरुमा सुरक्षा दिने बताईएको छ । राजमार्ग क्षेत्रमा रहेको जंगलमा ठाउठाउमा प्रहरी परिचालन गरिने, विभिन्न चोक तथा जक्सनहरुमा प्रहरी पिकेट र सिआरभी स्टेन्डवाईमा रहने व्यवस्थाले यात्रुहरुलाई सुरक्षाको अनुभुति गराउने बताईएको छ ।

त्यस एकाइृले राजमार्गमा चल्ने सावारी साधनले ओभरलोड गर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने र एक प्रयोजनको सवारी साधनलाई अर्कै प्रयोजनमा उपयोग गरेको पाईएमा कडा कार्वाही गर्ने जनाएका छन् । आकस्मिक घटनाका अवस्थामा जिल्लाको कुनै पनि क्षेत्रमा (क्युआरटी) क्युक रेस्पोंस टीम पुग्ने व्यवस्था गरिएको छ । चाडपर्वको बेलामा जाडरक्सीको नियमनका लागि होटल तथा लजहरु संचालनका लागि पसल खुल्ने तथा बन्द हुने समय सीमा निश्चित गरिएको छ । राजमार्ग क्षेत्रका होटल तथा लजहरु राती १० पछि खोल्न नपाईने तथा सदरमुकाम परासी लगायत अन्य शहरोन्मुख बजारहरुमा राती ९ बजेसम्ममात्र होटल तथा लज संचालन गर्न पाईने व्यवस्था गरिएको छ ।  मानिसहरुको भीडभाड हुने स्थानमा सुरक्षाकर्मी तैनाथ रहने, संकास्पद व्यक्तिलाई सोधपुछ तथा अनुसन्धान गरी दोषी ठहरे कानुन बमोजिम कावाृही चलाइृने व्यवस्था गरिएको प्रहरी नायब निरीक्षक जोशीले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।

ट्राफिक नियन्त्रणका लागि मादक पदार्थ सेवन गरी सवारी चलाउने, विना हेल्मेट मोटरसाइृकल चलाउने र जबरजस्ती यात्रु चढाउने तथा यात्रु ठग्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने तयारी गरिएको बताईएको छ ।

चाडपर्वको मौका छोपी हुने चोरी तथा डकैतीलाई नियन्त्रत्रण गर्ने तथा हातहतियार ओसार पसार एवम विष्फोटक पदार्थ नियन्त्रण गर्नका लागि प्रहरी टोली परिचालन गरिने बताईएको छ ।

पत्रकार सम्मेलनमा प्रहरी नायब नीरिक्षक जोशीले प्रहरीले जिल्लामा हालसम्म गरेको उपलब्धिमा केही हतियार, त्यसमा लाग्ने गोली र ट्राफिक कार्वाहीबाट आव. ०६८।०६९ मा रु. ४९,३४,५५० रुपिया राजश्व संकलन भएको समेत जानकारी गराएका थिए ।

Posted by Butwalonline on 7:26 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दशै तिहार र छठ पर्वलाइ मध्य नजरगरी सुरक्षा संयन्त्रमा कड़ाई"

Leave a reply