सुरक्षा कडा, खसीबोका मूल्य वृद्धि, यातायातमा मनपरी भाडा
बुटवल,असोज १७ - समाजमा हुने आपराधिक क्रियाकलापको रोकथाम गर्नका लागि बुटवलमा प्रहरीले आफ्नो सक्रियतालाई अझ बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
दसँै, तिहार र छठ पर्व नजिकिँदै गर्दा हुने चोरी डकैती, लुटपाट, जुवातास, पटाका, झंैझगडा आदि नियन्त्रण गर्न प्रहरीले आफ्नो सक्रियता बढाएको र यसलाई निरन्तरता दिइने जानकारी गराएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक थापाले शान्ति सुरक्षा कायम गर्ने सवालमा प्रहरीले विशेष अभियान सञ्चालन गरेको जानकारी गराउनुभयो । चाडपर्वलाई सभ्य र भव्य बनाउनका लागि प्रहरीका तर्फबाट कुनै कसर बाँकी नराखिने, प्रहरीमा पनि आन्तरिक शुद्धीकरण र अनुगमन तीव्र पारिने तथा जनताको जीउधनको सुरक्षा गर्न कटिबद्ध रहने उहाँले बताउनुभयो ।
सो अवसरमा वक्ताले दैनिकजसो हुने चोरीडकैतीलाई प्रहरीले रोक्नुपर्ने, जुवातास नियन्त्रण गर्नुपर्ने, भन्सारबाट अवैधरुपमा भित्रिने पटाका नियन्त्रण गरिनुपर्ने आदि कुरामा जोड दिएका थिए ।
यात्रुको सुरक्षाको विषयमा ध्यान दिँदै बसपार्कमा हेल्पडेक्स राखिएको, विभिन्न सङ्घसंस्थाको सहभागितामा अपराध नियन्त्रण गर्न जनचेतना फैलाउन पहल गरिएको, रिजर्व टोली खटाइने गरेको, स्ट्राइकिङ टोली खटाइएको, साइकल गस्ती बढाइएको, पैदल गस्ती, हाइवे डकैती नियन्त्रण गर्न विशेष टोली परिचालन गरिएको तथा गाडीमै सिभिल प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।
