गुल्मेली सेवा समाज रुपन्देहीद्वारा वुटवलमा रक्तदान कार्यक्रम
बुटवल २२ असोज – गुल्मेली सेवा समाज रुपन्देहीले सोमवार वुटवलमा रक्तदान कार्यक्रम गरेको छ । सो अवसरमा २० जनाले रक्तदान गरेका थिए । एकिकृत नेकपा माओवादी रुपन्देहीका संयोजक माधव शर्माको प्रमुख अतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा वुटवल वहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख शिव पौडेल, अखिल क्रान्तीकारीका अवध राज्य संयोजक कुलमान गिरी, राज्य सम्मेलन आयोजक कमिटी सदस्य हिमाल पाण्डे, प्रकाश अधिकारी लगाएत उपस्थिती थिए । सेवा समाजका अध्यक्ष कमल भुषालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सचांलक टेकराज रेग्मीले गरेका थिए ।
