|

स्वतन्त्र पत्रकार संघ रुपन्देहीको प्रथम बैठक सम्पन्न


बुटवल ।असोज १७ - श्रमजीवी पत्रकारहरुको अगुवाईमा गठन भएको स्वतन्त्र पत्रकार संघ रुपन्देही शाखाको प्रथम बैठक सम्पन्न भएको छ ।

संघका रुपन्देही अध्यक्ष बाबुराम गैरेको अध्यक्षतामा बसेको बैठकले विभिन्न निणर्यहरु समेत गरेको छ । सचिव अशोक गौतमको संञ्चालना भएको बैठकमा संघको नियमिति बैठक प्रत्येक महिनाको दोस्रो र अन्तिम शनिवार गर्ने निणर्य गरेको छ ।बैठकमा पहिलोपटक रुपन्देहीमा गठन गरिएको शाखालाई व्यवस्थित र मर्यादित ढंगबाट अगाडी बढाउने निर्णय समेत गरेको छ ।

बैठकमा संघका केन्द्रीय पार्षद राजेन्द्र रायमाझी, उपाध्यक्ष गोविन्द बस्नेत,कोषाध्यक्ष कल्पना पाण्डे र कार्य समिति सदस्यहरु कृष्ण खनाल, वीरेन्द्र पाण्डेय,सावित्री आचार्य, अनिल भुसाल लगाएतको उपस्थिती रहेको थियो ।

Posted by Butwalonline on 7:03 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "स्वतन्त्र पत्रकार संघ रुपन्देहीको प्रथम बैठक सम्पन्न "

Leave a reply