|

रोई रहेछ मेरो प्यारो नेपाल आज

हिजो जस्तै लाग्छ
नेपाल सुन्दर थियो।
शान्त थियो।
विशाल थियो।
पुर्व टिस्टा सम्म
पश्चिम कांगडा सम्म,
मेरो सुन्दर देश लुटियो।
टिस्टा र कांगडा लुटाईयो।
रोयो देश आंशुले भिज्यो,
विलौना गर्यो।
कोहि भएन मेरो देश को त्यो आंशु पुछिदिने।
रोएको मन भुलाउने।

हिजो जस्तै लाग्छ
कांगडा मेरो थियो।
हरियाली पाखा संगै
वाह्रै मास वसन्तको अनुभुती दिलांउथ्यो।
तर
तर आज कांगडा उजाडिदैछ।
अपहेलीत वनेको छ।
विलौना गरीरहेको छ।
कस्ले सुन्ने उसको आवाज?
छैन त्यो उसको मन लाई सान्त्वना दिने।

हिजो जस्तै लाग्छ
टिस्टा मेरो थियो।
मेरो छाती मा वग्थ्यो।
सुस्साउंदै सुस्साउंदै,
माया प्रिती लांउदै।
सलल सलल
निरन्तर
तर
आज रुंदै छ टिस्टा पनि वारी पारी मडारिदै,
सुन्दर नेपाली माटो मा वग्न चाहान्छ
नेपाली मन लाई झक्झक्याउछ।
विचरा कोहि छैन विरह मा मन भुलाईदिने।

हिजो जस्तै लाग्छ
सुस्ता सवै मेरो थियो।
जंहा मेरो पसिना वग्थ्यो।
मैले हल गोरु संगै कोदाली विसाउंथे
तर
तर अहिले भारतीय सेना परेड खेल्दै छन्।
वन्दुक र गोली विसाईन्छ
नेपाल आमा को छाती माथी,
सुस्ता चिच्याएको छ।
दिन दिनै नेपाली माटो सकिदैछ।
वास्ता छैन कसैलाई
सवैले तमासा हेर्दै छन्....
 अशोक गौतम क्षिति

Posted by Anonymous on 9:59 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "रोई रहेछ मेरो प्यारो नेपाल आज"

Leave a reply