|

अलैची खेति लोप हुदै


मुक्तिप्रसाद न्यौपाने, पाल्पा(कुनै समय व्यबसाईक सफलता प्राप्त गरेको अलैचि खेती विगत केहि बर्ष देखी लोपोन्मुख हुन पुगेको छ ।कसेनी, कोलडाडा, भैरवस्थान, ठिमुरे गाविसका कृषकहरुको मुख्य आम्दानीको स्रोत बनेको अलैचि खेतिमा रोग लाग्नु रोगको पहिचान हुन नसक्नु अलैचि खेति सम्बन्धि दक्ष प्राविधिक नहुनु जस्ता कारणले लोपोन्मुख हुन पुगेको हो । आम्दानीको प्रमुख स्रोत बनेको र नगदेवालीको रुपमा स्थापित मसला जन्य अलैचि अलैचि खेतिबाट राम्रो आम्दानी गर्न सफल भएका कृषक बोटको गानो कुहिने पातमा दाग देखा पर्ने रोग लागेपछि अलैचिका विकल्पमा अन्य खेती लगायन थालेका छन् । लामो समय सम्म खेती गरेका भैरवस्थानका कृषक तेजबहादुर पोखरेल भन्छन् आम्दानी राम्रो भएकाले गाउामा व्यबसायीक रुपमा खेती गर्ने कृषकहरुको सङख्या पनि बढ्यो तर रोग लागेपछि सबैले वैकल्पिक खेतिको सुरुवात गर्नु पर्‍यो ।   जिल्लाको अधिकांस भूभाग अलैचिकालागि उत्तम भएपनि कृषकहरुको अज्ञानताका कारण लोपोन्मुख हुन पुगेको अलैचि खेतिलाई पुर्नजीवित गर्नकोलागि सकिने बताउदै अलैचि खेतिका विशेषज्ञ एवं सुन्तलाजात फलफूल विकास केन्द्र पाल्पाका प्रमुख गणपति पाण्डेले भने गानो कुहिने रोगले यहाका अलैचि हराउन पुगेको हो । त्यसको उपचार हुन सक्दछ भने त्यसैमाथि खेती गर्ने प्रविधिमा कृषकहरुले ध्यान दिए यसको भविष्य सुनिश्चित हुने बताए । 

Posted by Butwalonline on 5:25 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अलैची खेति लोप हुदै"

Leave a reply