नेपालमा लगानी भित्र्याउन रसियाले सहयोग गर्ने
विनोद परियार , बुटवल मंसिर १९-नेपालका लागि रसियन राजदुत डा. सर्जे भेलिच्कनले नेपालमा लगानी भित्र्याउन आफ्नो देशले सहयोग गर्ने बताउनु भएको छ । यस क्षेत्रको भ्रमणमा आउनु भएका राजदुत डा. सर्जेले बुटवल उद्योग बाणिज्य संघले संघ सचिवालयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपालको समृद्धिका लागि पुर्वाधार बिकासमा ठुलो लगानी आवश्यक भएको बताउनु भयो ।
उहाले चिन र भारत जस्ता बिशाल देशको बिचमा रहेको नेपालले औद्योगिक तथा व्यापारिक क्षेत्रमा प्रगति गरी आर्थिक समृद्धि गर्न सक्ने बताउनु भयो । उद्योग बाणिज्य संघ तथा व्यवसायीक क्षेत्रबाट ठोस प्रस्ताव आए यस क्षेत्रको बिकासका लागि लगानी प्रवद्र्धन गर्न रसियन दुतावासले सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा संघका अध्यक्ष सुरेन्द्र श्रेष्ठले लुम्विनीमा बढी भन्दा बढी रसियन पर्यटक भित्र्याउन पर्यटन प्रवद्धनका कार्यक्रम, पुर्वाधार बिकास र यस क्षेत्रको आर्थिक समृद्धिका लागि लगानी प्रवद्र्धनमा सहयोग गर्न आग्रह गर्नु भएको थियो ।संघका निर्वतमान अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका सदस्य शंकर श्रेष्ठले जलबिद्युतका क्षेत्रमा नेपालमा लगानी गर्न र औद्योगिक क्षेत्रमा नया प्रबिधिका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो । संघका बरिष्ठ उपाध्यक्ष महेशमान सिहंको धन्यवाद र महासचिव अनिलप्रसाद श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा संघका कार्यकारी सचिव सञ्जय ज्ञवालीले संघले यस क्षेत्रमा गरेका कार्यहरुको सम्वन्धमा जानकारी गराउनु भएको थियो ।