|

महिला हिंशा विरुद्धको १६ दिने अभियान आज देखि चितवनको नारायणगढमा शुरु

विनोद  परियार , बुटवल  मंसिर १९- सरकारले महिला माथी हुने हिंसा न्युनिकरणका लागि कार्यक्रम संचालन गरेपनि ग्रामिण क्षेत्रमा हिंसाका घटनाहरुमा कमि नआएको ग्रामिण महिलाहरुले वताएका छन् ।

सरकारले कागजमा हिंसा न्युनिकरणका लागि नीति नियम र कानूनहरु वनाएपनि ग्रामिण महिलाहरुले त्यसको उपभोग गर्न नसकेको र हिंसामा परिरहेको उनीहरुको भनाई छ । “घर शान्ति नै विश्व शान्तिको आधार दमनको प्रतिकार गरि महिला हिंसा अन्त्य गरौ” भन्ने शन्देश संगै शुरु भएको महिला हिंशा विरुद्धको १६ दिने अभियान अन्तर्गत नेपालका ३० जिल्लाका ५० वढि ग्रामिण क्षेत्रका महिलाहरुको सहभागीतामा आज देखि चितवनको नारायणगढमा शुरु भएको राष्ट्रिय भेलामा वोल्दै सहभागी महिलारुले यस्तो वताएका हुन् । सम्मेलनमा पूर्वको तेह्रथुम, खोटाड, देखि तरकाईको कपिलवस्तु, वांके देखि पश्चिमको जुम्ला र वाजुरा सम्मका ग्रामिण महिलाहरुको सहभागीता छ । महिला अधिकार मन्चको आयोजनामा आयोजीत २ दिने भेलाले चितवन घोषणा पत्र जारी गरि सम्पन्न गर्नेछ ।

Posted by Butwalonline on 6:29 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "महिला हिंशा विरुद्धको १६ दिने अभियान आज देखि चितवनको नारायणगढमा शुरु"

Leave a reply