|

बुटवलमा आदिवासी जनजातिका लागि केन्द्रीय स्तरको प्रशिक्षक प्रशिक्षण हुंने

विनोद  परियार , बुटवल  मंसिर १९- मंसिर २९ र ३० गते बुटवलमा आदिवासी जनजातिका लागि केन्द्रीय स्तरको प्रशिक्षक प्रशिक्षण हुंने भएको छ ।

अखिल नेपाल आदिवासी जनजाति महासंघ(एकीकृत) केन्द्रीय समितिको आयोजना र रुपन्देही जिल्ला समितिको व्यवस्थापनमा प्रशिक्षक प्रशिक्षण हुंन लागेको हो ।गएको असोज २७ र २८ गते बुटवलमा हुंने भनिएको प्रशिक्षण तयारी नपुगेको भन्दैं स्थगित गरि अहिले हुंन लागेको हो । महासंघका अनुसार २९ गते प्रशिक्षण तथा ३० गते बुटवलमा संविधान सभाको अवसान र नयां संविधान निर्माणको चुनौति बिषयमा अन्तरक्रिया हुंने केन्द्रीय अध्यक्ष नगेन्द्र राईले जानकारी दिनु भयो।अन्तरक्रियामा उल्लेखित विषयमा नेकपा एकीकृत स्टेरीङ समितिका सदस्य एवं पूर्व सभासद् परि थापाले अवधारण पत्र प्रस्तुत गर्नु हुंनेछ । कार्यक्रममा आदिवासी जनजाति महासंघका पूर्व महासचिव डा.ओम गुरुङ,नेकपा एकीकृतका केन्द्रीय सदस्य केशबहादुर परियार लगायत आउंनु हुंने अध्यक्ष राईले बताउंनु भयो ।

Posted by Butwalonline on 6:32 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बुटवलमा आदिवासी जनजातिका लागि केन्द्रीय स्तरको प्रशिक्षक प्रशिक्षण हुंने"

Leave a reply