नवलपरासीका गण्डक पिडितहरुद्धारा आन्दोलनको घोषणा
विनोद परियार , बुटवल मंसिर १९-नेपाल र भारत बिच गण्डक सम्झौता भएको दिन पारेर नवलपरासीका गण्डक पिडितहरुले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।
नवलपरासीका गण्डक पिडितहरुले सम्झौता अनुसार भारतिय पक्षले काम नगरेको,२०६५ असार १२ मा भएको सम्झौता अनुसार भारतिय पक्षबाट काम नभएको र बर्षोदेखिको क्षतिपुर्ति बापतको रकम भारतले नदिएको बिरोधमा आन्दोलनको घोषणागरीएको गण्डक सघर्ष समितीका अध्यक्ष रामबरण केवटले बताउनुभयो ।आन्दोलनका कार्यक्रमहरुमा सामान्य सरोकारवाला पक्ष सग ध्यान केन्द्रित, डेलीकेसन, धर्नासहित फेरि भारतिय गण्डक नहरमा पानी बन्द गरिने समितीका सचिव दुधनाथ गुप्ताले जानकारी दिनुभयो ।
