स्वर सम्राट नारायण गोपालको २२ औं स्मृति दिवस मनाईयो
विनोद परियार,बुटवल,मंसिर १९-आज स्वरसम्राट स्वर्गीय गायक नारायण गोपालको २२ औं स्मृति दिवस,बिभिन्न कार्यक्रम गरी नारायण गोपालको सम्झना गइएको छ ।नारायण गोपाल सङ्गीत कोषलगायतका गीतसङ्गीतको क्षेत्रमा क्रियाशील सङ्घसंस्थाहरुले आज नारायण गोपाल विशेष कार्यक्रम गर्दैछन् । स्मृति दिवसको अवसरमा नारायण गोपाल सङ्गीत कोषले राजधानी काठमाडौंमा सम्मान कार्यक्रमको आयोजना गर्दैछ । बुवा आशा गोपाल गुरुवाचार्य र आमा रामदेवीको कोखबाट १९९६ असार १८ गते काठमाडौंको किलागलमा नारायण गोपालको जन्म भएको थियो ।नारायणगोपालका करिब पााच सयभन्दा धेरै शास्त्रीय, आधुनिक, चलचित्र, स्वदेशगीत रेकर्ड भएका छन् । नारायणगोपालको स्वरमा रहेका अधिकांश गीतहरु कालजयी बनेका छन् ।
नारायणगोपालले विक्रम संवत २०२३ सालमा सर्बेत्तम संगीतकार,२०२४ सालमा सर्वाेत्तम गायक, २०३९ सालमा रत्न रेकर्ड पुरस्कार,२०३३ सालमा गोरखा दक्षिणबाहु चौथो,२०४० सालमा इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार, २०४४ सालमा छिन्नलता पुरस्कार,२०४५ सालमा जगदम्बाश्री पुरस्कार पाउनु भएको थियो ।नारायण गोपाललाई २०४८ सालमा त्रिशक्तिपट्ट तेस्रो पुरस्कारबाट मरणोपरान्त सम्मान गरिएको थियो । बागीना नामक पहिलो संगीत पत्रिकाका सम्पादक समेत रहनु भएका नारायण गोपाल साास्कृतिक संस्थानको महाप्रबन्धक तथा सञ्चार मन्त्रालयको सल्लाहकार समेत रहनु भएको थियो । नेपाली सङ्गीत क्षेत्रका धरोहर नारायण गोपालको पेमला लामासाग २०२७ सालमा प्रेम विवाह भएको थियो भने २०४७ साल मङ्सिर १९ गते निधन भएको थियो ।