मिनी स्कर्ट, मोबाइल र मोटरसाइकल उच्च माविमा प्रतिबन्धित
मनोज अधिकारी, पोखरा, असार ७- अब मिनी स्कर्ट लगाउने, कक्षा कोठामा मोबाइल लैजाने र मोटरसाइकल हुइँक्याउने दिन गए। निजी उच्च माध्यामिक विद्यालय संघ (हिसान) कास्कीमा ले मातहतका दुई दर्जन उच्च माविमा यी तीनै कुरामा प्रतिबन्ध लगाएको छ। उच्छृंखलता र यौन विकृतिका कारण ग्याङ्फाइट बढेपछि छात्राले छोटा स्कर्ट लगाउन नपाउने गरी प्रतिबन्ध लगाइएको हिसानले जनाएको छ। यस्तै, विद्यार्थीका लागि मोबाइल बोक्न र मोटरसाइकल चलाउन समेत नपाइने भएको छ।
हिसानअन्तर्गत कास्कीमा २५ उच्च मावि छन्। ती उच्च माविमा कुल १० हजार विद्यार्थी छन्। त्यसमा छात्र-छात्राको संख्या हाराहारी छ।
'शिक्षाको थलोमा यौन विकृति बढ्ने र एकै जनाका लागि विद्यार्थीहरुबीचमै ग्याङफाइट हुन थालेपछि छात्राका छोटा स्कर्ट प्रतिबन्ध गरिएको हो,' हिसान कास्कीका अध्यक्ष रमाकान्त बरालले नागरिकसँग भने, 'मोबाइल र मोटरसाइकल पनि विद्यार्थीका लागि आवश्यकताभन्दा बढी विकृतिका साधन बने।'
उनका अनुसार कक्षामा पढाइ चल्दै गर्दा मोबाइलका घन्टी बज्ने, चर्को स्वरमा कुराकानी गर्ने र मोबाइलबाटै केटीलाई जिस्क्याउने र फकाउने गर्न थालेपछि मोबाइल प्रतिबन्ध गर्नुपरेको हो।
'कक्षा चलिरहँदा मोबाइलमा कुरा गर्ने, गीत सुनेर बस्ने बढ्दो क्रमले सबैलाई डिस्टर्ब गरेपछि यसमा पनि रोक लगाउनुपर्छ भन्ने लाग्यो,' हालैको हिसान साधारणसभाका निर्णय सुनाउँदै बरालले भने,'यसले कमसेकम कक्षा कोठालाई शान्त बनाउन मद्दत पुर्याउँछ र पढ्ने वातावरण दिन्छ।'
बरालले आफू प्रिन्सिपल रहेको स्टेप बाई स्टेप उच्च माविमा २०६२ सालदेखि नै यस्ता कुरामाथि प्रतिबन्ध लगाएका छन्। दुई महिनाअघि मात्रै हिसानको अध्यक्ष बनेका उनले आफ्नै कार्यकालमा सबै उच्च माविमा पनि यस्तै नियम लगाएर एकरुपता दिन खोजेको बताए।मिनी स्कर्टका कारण विद्यार्थी भर्ना धेरै भएपछि यहाँका अधिकांश उच्च माविमा त्यस्तो स्कर्ट लगाउने प्रतिस्पर्धा चल्दै आएको थियो। कतिपय छात्रा छोटा स्कर्ट लगाउन रुचाउने र छात्रहरुलाई त्यसले आकर्षित गर्ने भएकाले विद्यार्थी भर्ना उच्च हुने गरेको स्वयं उच्च मावि सञ्चालकले स्वीकार गरेका छन्।
'अब छात्राका स्कर्ट देखाएर विद्यार्थी भर्ना गर्न पाइँदैन,' बरालले भने, 'घुँडाभन्दा माथि स्कर्ट लगाउने विद्यार्थीलाई विद्यालय प्रवेश निषेध हुन्छ।'
११ र १२ कक्षाका विद्यार्थीमा मोटरसाइकल नागबेलीझैं चलाउने, केटीसहित कक्षाबाट भाग्ने र बढी दुर्घटना हुने समस्या देखिएको छ। यस्तो निर्णयप्रति अभिभावक, विद्यार्थीबाट राम्रो प्रतिक्रिया आएको समेत उनले सुनाए। अब ड्रेस लगाएका विद्यार्थीले चलाएका मोटरसाइकल रोक्न एक-दुई दिनमै ट्राफिक प्रहरीलाई अनुरोध गर्न जाने बरालले बताए।जिल्ला ट्राफिक कार्यालयकाअनुसार मोटरसाइकलको कुल दुर्घटनामध्ये ६० प्रतिशत विद्यार्थीका हुने गरेका छन्।यस्तै ९९ प्रतिशत मोटरसाइकल मोडिफाई यस्तै विद्यार्थीले गराउने गरेका छन्। जिल्ला ट्राफिकले डेढ महिनाअघि यस्तो सूचना हिसान र सम्बन्धित कलेजलाई दिंदै विद्यार्थीलाई मोटरसाइकलमा कलेज आउन दिने प्रवृत्ति रोक्न माग गरेको थियो।'अधिकांश दुर्घटना र मोडिफाई विद्यार्थीले गराउने देखेपछि यसलाई रोक्न प्रयास थालेका थियौं,' जिल्ला ट्राफिक कार्यालयका प्रमुख होबिन्द्र बोगटीले भने, 'विद्यालय सञ्चालकले नै यस्तो नियम बनाएपछि हामीलाई पनि सजिलो भयो।'
Source:NagarikNews