न्यूनतम सुबिधाबाट बञ्चितछन् जबाबैराठका गाउलेहरु
किरणमान बज्राचार्य,कपिलवस्तु, १० मंसिर - गुगौली गाबिस–१ की मिना थरुनीले अहिले सम्म स्बास्थ्य चौकीको मुख देखेकी छैनिन् । ४ सन्तानकी आमा मीना अनेक दुःख कष्ट सहेर घरमै बच्चा जन्माई हुर्काईन् । उता गाउकै सन्देशी थरुनीले अहिले सम्म गाबिस कार्यालय देखेकी छैनिन् ।
बिकासका दृष्टिले निक्कै पछाडी परेको सुदुर पश्चिमको जबाबैराठ गाउको अबस्था हो । भारतीय सीमासंग सटेर रहेको गाउले हरेक सरकारी सुबिधाबाट बञ्चित छन् । सदरमुकाम तौलिहबा देखि लोकमार्ग गोरुसिंगेको बाटो हुदै जादा उक्त गाउ पुग्न साना ठूलो गरी १० बढी नदी र खोला तरेर जानु पर्दछ । गाउ पुर्ब पट्टीबाट ५ खोला र नालाबाट घेरिएको छ भने पश्चिम पट्टी भारत तिर अर्को ठूलो अर्रा खोलाले घेरिएको छ ।
खोला बढदा बर्षाका बेला दुई–ढाई महिना गाउलेहरु गाउ भित्रै बसेर दिन काटछन् । कोही बिरामी भए भगबान संझदै गाउले बस्ने हरिराम थारु भन्छन् । उता गाउमा जान आउन बाटो पनि छैन् । जुबा बैराठको जंगल हुदै गाउले आफैले बनाएको घोरेटो बाटो मात्र एक बिकल्प हो । उक्त बाटोले पुरै पहाडी घोरेटो बाटोको झझल्को दिन्छ ।
सदुरमुकाम तौलिहबा, कृष्णनगर लगायत जानु प¥यो भने १० किमी हिडेर गाडी पाईने ठाउ आरटिओ रोड सम्म पुग्नु पर्दछ । त्यो पनि ६ बटा खोला नाला तर्नु पर्दछ ।
दुर्गम ठाउ भएकाले गाउ निक्कै पछाडी परेको छ । गाउ भित्रै राम्रो बाटोघाटो पनि छैन् । कल्भर्ट पनि छैनन् । अशिक्षा र पछडिएकाले सबैले हेला गर्दछन् भन्छन् गाउका नोखईराम थारु । १० किमी पर रहेको गाबिस कार्यालयले पनि खासै सहयोग नगर्ने गाउलेहरु गुनासो गर्दछन् । अहिले सम्म गाउमा कुनै सरकारी कार्यक्रम आएको छैन् । न त कुनै सरकारी अधिकारी नै पुगेका छन् ।
सामाजिक बिकासमा लाग्ने गैरसरकारी संस्थाहरु पनि त्यहा पुगेका छैनन् । भर्खर मात्र गरिबी निबारण कोषको कार्यक्रम लिएर स्थानिय संस्था सहज नेपाल त्यहा पुगेर काम थालेको छ ।
बिजुलीको त कुरै छौडौं, गाउलाई संचारले पनि ठगेको छ । गाउका सर्बसाधारण टुकी बालेर रात काटछन् । संचारका लागि गाउले अहिले पनि परम्परागत हुलाकमै भर पर्छन । गाउ बिकट भएकाले हुलाकीले पनि हेला गर्दछन् । उनी महिना भरी चिठी बोकेर महिनामा एक पटक बल्लतल्ल गाउ पुग्छन् । उता गाउमा कुनै पनि कम्पनीको मोबाईलले काम गर्दैनन् । टाबर नदेखिदा काम गर्न छोडेको हो ।
गरिबी र अशिक्षाले पनि गाउलेलाई गाजेको छ । ९० घर भएको गाउमा रोजगारीका लागि ५० बढी घरका युबाहरु भारत पलायन भएका छन् । उनीहरुले पठाएको पैसाले धेरैको घरमा चुलो चलेको गाउकै मिना थरुनीले बताईन् । गाउमा सबैभन्दा धेरै पढेकी धनसरी थरुनी हुन् । उनले एसएलसी गरेकी छिन् । कक्षा ८ उत्तिर्ण नगर्ने त कति छन कित छन् । गाउमा ७० प्रतिशत बढी थारुहरु छन् ।
गाउमा एक बिगहा भन्दा बढी कसैको खेतबारी छैन् । सबैले ज्याला मजदुरी नगरे खान नपुग्ने हुदा गाउलेहरु जहिले पनि कामको खोजीमा हुन्छन भन्छिन् संदेशी थरुनी । उनले गरिबीकै कारण आफुले एक जना पनि बालबालिका पढाउन नसकेको दुखेसो गरिन् । अहिले सम्म गाबिसका सचिबहरु कति फेरिए तर कुनै सचिबले पनि गाउमा पाईला टेकेका छैनन् । आफु अशिक्षत भई कुनै शिप नहुदा हातमुख जोर्न गाह्ँैं भईरहेकाले बालबालिका पढाउने कुरा सपना जस्तो भईरहेको चतुरी थरुनीले बताईन् । गरिबीकै कारण गाउमा कसैको टेलिभिजन पनि छैन् । पक्की घर एक आध छन भने सबै खरले छाएका बढी छन् । गाउले बालबालिकाहरु पनि काप्ी कलम समात्ने बेला गाईभैसीका पछाडी लागेका छन् । सरकारी कामका लागि सदरमुकाम आउनु पर्दा उनीहरु दुई दिनको राशनपानी बोकेर आउछन् । न्युनतम आधारभुत सुबिधाबाट बञ्चित हुदा गाउलेहरु निक्कै कष्टकर जिबनयापन गरिरहेका छन् ।
