आज भएको एनसेल कप खेलमा मनाङग मस्र्याङदी क्लव विजयी
काठमाडौं, असोज ७- एनसेल कप राष्ट्िरय फुटबल अन्तर्गत आज भएका खेलमा मनाङग मस्र्याङदी क्लव विजयी भएको छ । काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा मनाङगले आर्मीलाई २–० ले हरायो ।
मनाङलाई जिताउन सुजल श्रेष्ठले २७ औं मिनेटमा र अनिल गुरुङले ५६ मिनेटमा गोल गरे । जितसँगै मनाङ क्वाटर फाइनलमा नजिकै पुगेको छ । अहिलेसम्म खेलेका दुवै खेल जितेको मनाङगको ६ अंक छ । सोमवार हुने पहिलो खेल हिमालयन शेर्पा क्लब र बाँसबारी क्लबबीच १ बजे र दोश्रो खेल नेपाल पुलिस क्लब र बौद्ध फुटबल क्लब बीच ३ बजे प्रतिस्पर्धा हुने छ ।