थारु समुदायको महान पर्व बड्की अत्तवारी धुमधामका साथ मनाइयो
बिनोद परियार,बुटवल,असोज ७ - थारुहरुको महान पर्व बड्की अत्तवारी आज सो समुदायमा धुमधामका साथ मनाइएको छ । हरितालिका तीज पछिको पहिलो आइतवारलाई तराईका थारु समुदायले विषेश पर्वका रुपमा मान्ने गर्दछन् ।
यसैक्रममा कपिलबस्तुको गजेडाहास्थित सिद्धार्थ निम्न माविमा विषेश कार्यक्रम सम्पन्न गरिएको छ । चामुप्रसाद थारुको अध्यक्षता र नगेन्द्र रौताको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कविता चौधरी, मिना थारु, महादेव थारु, कृष्णदेव चौधरी, ऋषीराम थारु, श्रीनिवास थारु लगायत बोल्नु भएको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले यो पर्वको लिखित इतिहास नभएका कारण यो लोप हुने अवस्थामा पुगेको उल्लेख गर्दै पर्वको संरक्षण र संर्वदनका लागि युवा जमात सचेत हुनु पर्ने धारणा राखेका थिए । उनीहरुले सो पर्वमा राष्ट्रिय विदाको व्यवस्था पनि हुनु पर्ने माग गरेका थिए । जिल्लाका अन्य स्थानमा पनि यो पर्व धुमधामका साथ विभिन्न कार्यक्रम गरि मनाइएको छ ।