ठुलो परिणाममा गरगहनामा लगाईने कच्चा पदार्थ बरामद
बिनोद परियार,बुटवल,असोज ७ - शसस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय रुपन्देहीले ठुलो परिणाममा गरगहनामा लगाईने कच्चा पदार्थ बरामद गरेको छ ।भारतीय बजार सुनौलीसगै जोडीएको बेलहीयामा छापा हानी ११ सय किलोग्राम गरगहनामा लगाईने कच्चा पदार्थ बरामद गरेको ।
चिनबाट ल्याई भारत लैजानकोलागी गोदाम गरी राखेको अवस्थामा सिमा सुरक्षा कार्यालयले बेलहीयास्थित स्थानीय असर्फी यादवको घरबाट सो सामान बरामद गरेको हो । ४० बटा वोरामा लुकाएर राखेको अवस्थामा समान बरामद भएको थियो ।बरामद समान मुल्य ५ लाख भन्दा बढी रहेको छ ।
थप अनुसन्धानकोलागी सामन पश्चिमाञ्चल राजस्व अनुसन्धान कार्यालय बुटवल पठाईएको शसस्त्र प्रहरी उपरिक्षक भिम बहादुर थापाले जनाए । पछिल्लो समय चिनबाट त्यस्ता समानहरु नेपाल ल्याउने र दसगजा नजीकै राखी रातारात भारत सप्लाई हुने गरेको सुराक पाए पछि प्रहरी सहित गएर थापा हानीएको सिमा सुरक्षा कार्यालयका प्रहरी नायव उपरिक्षक बिरेन्द्र ऐरले जानकारी दिनुभयो ।