दैनिक बन्दले इन्धन नभएपछि एम्बुलेन्स पनि चल्न छाड्यो पाल्पामा
पाल्पा, जेष्ठ ५ - विभिन्न राजनीतिक दल, क्षेत्रीय तथा जातीय संगठनले गर्ने बन्द हड्तालले सर्वसाधरण सास्ती खेप्न बाध्य बनेका छन् । एक सातादेखि यस क्षेत्रमा यो वा त्यो नाममा बन्द हुँदै आएको छ । बन्दले गर्दा सर्वसाधारण आफ्नो गन्तव्यमा पुग्न सकेका छैनन भने दैनिक उपभोग्य सामाग्रीको समेत अभाव हुन थालेको छ ।
पाल्पा लगायत यस भेगमा संचालन हुने सवारी साधन गुड्न पाएका छैनन् । अत्यावश्यक सवारीको रुपमा चिनिने एम्बुलेन्स सेवा समेत इन्धन अभावमा चलाउन नपाएर थन्क्याउनु परेको छ । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाका अध्यक्ष बुद्धीप्रसाद शर्माका अनुसार दुई मध्ये एउटा एम्बुलेन्स दुईदिन यता इन्धन नपाएपछि चलाउन सकिएको छैन ।
समाचार कान्तिपुर बाट