प्रेस रिलीज :भारतीय कन्सुलर एस.डी मेहताको आपत्तिजनक अभिव्यक्ति प्रति भत्र्सना
२०६९ जेष्ठ ५
प्रेस विज्ञप्ती
मधेशलाई बहु प्रदेशमा वाडिएको तर्फ इंगित गदौ मधेश टुक्राउादा आफ्नो कलेजोलाई टुक्रा गरेजस्तो अनुमूति भएको भन्दै सबै पार्टीका मधेशी जनतालाई एक भई आन्दोलनको आाधि बेहरी ल्याउन समेत आव्हान गर्ने मेहेताले नेपाल एउटा स्वतन्त्र, अभिभाज्य मुलक हो भन्ने मान्यतालाई समेत लत्याउादै कुटनीतिक मर्यादा नाघेर दिएको यो अभिव्यक्ति घोर आपत्ती जनक भएको अनेरास्ववियुको ठहर छ ।
भारतीय राजदुतको नेपाली राजनेताहरूको शिर्ष बैठकमा खुलेआम सहभागि भएको चर्चा र नेपाली जनतालाई विभाजित वनाई अस्थिरता निम्त्याउन खुलमखुल्ला योजना बनाउने यो दुस्प्रयत्नले नेपाली स्वाभिमान माथि गम्भीर आघात पुगेको महसुस हामीले गरेका छौा । यस्ता निन्दनिय र आपति जनक क्रियाकलापका विरूद्ध आम नेपाली जनता, सम्पूर्ण राजनीतिक दलहरू र तमाम स्वाभिमानी, राष्ट्रवादी नेपालीहरूले कडा आवाज बुलब्द गर्नु पर्ने वेला आएको छ । नेपाल र नेपालीहरूको अस्मीताको रक्षार्थ सबै युवा, विद्यार्थी र आम नेपाली जनतालाई आन्दोलनमा उत्रन अनेरास्ववियु आब्हान गर्दछ ।
हार्दिक अभिवादन सहित !
माधव ढुङ्गेल
अध्यक्ष
