गोरखाको मनासलु हिमालको हिउ पहिरोमा परि ९ जना पर्यटकको मृत्यू
तस्बिर सौजन्य : सिम्रिक एयर |
गोरखाको मनासलु हिमालको हिउ पहिरोमा परि ९ जना पर्यटकको मृत्यू भएको छ भने केही बेपत्ता भएका छन् । पहिरोमा अन्य १२ जनाजति घाईते भएका छन् । पहिरोमा परि मृत्यू हुनेको नाम ठेगाना खुल्न सकेको छैन । गोरखाको उत्तरी गाविस समागाउाको वडा नम्बर ४ को सात हजार मिटर उचाईमा रहेको मनास्लु हिमालको बेस क्याम्पमा हिमपहिरो गएको हो ।
अझै केही बेपत्ता भएकाहरुको खोजि कार्य जारी रहेको बताइएको छ । घाईते १३ जनाको सिम्रिक, माउन्टेन र फिस्टेल ऐयरको हेलिकप्टरले उद्धार गरि बेस क्याम्प नजिकैको गाउमा प्राथमिक उपचार गरिएको छ । मृतकहरुको शब काठमाण्डौा लैजाने तयारी भईरहेको प्रहरिले जनाएको छ । प्रहरी नायब उपरिक्षक बसन्त कुाबरका अनुसार मनास्लु बेस क्याम्पको २ र ३ नम्बरमा गएको पहिरोमा परि पर्यटकहरु बेपत्ता भएका हुन् । बिहानको १० बजेतिर खाजा खाने समयमा पहिरो गएको प्रहरीले जनाएको छ । गोरखा सदरमुकामबाट घटनास्थल ५३ कोष टाढा रहेकाले बेपत्ता, घाईते र कति पर्यटक हिमपहिरोमा पुरिए भन्ने अझै एकिन थाहा हनु सकेको छैन ।
Posted by Butwalonline
on 6:52 PM. Filed under
News,
Photo Gallery
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response