|

इन्नोसेन्स अफ मुस्लिम’ नामक चलचित्रको विषयमा राष्ट्यि मुस्लिमआयोगको ध्यानाकर्षण

काठमाडौं, असोज ७- इन्नोसेन्स अफ मुस्लिम’ नामक चलचित्रको विषयमा राष्ट्यि मुस्लिमआयोगको ध्यानाकर्षण भएको जनाएको छ । आयोगका अध्यक्ष मोहम्मद निर्दाेष अलिले विज्ञप्ती जारी गरी ध्यानाकर्षण भएको जनाएका हुन । जारी विज्ञप्तीमा ‘उक्त मुभीले ईस्लाम धर्मका अन्तिम पैगेम्वर (नवि) मोहम्मद सलल्लेलाहोवलैहअसलमको वारेमा अत्यन्त भ्रमाक प्रचार ,अस्लिल दृश्य, इतिहासको गलत व्याख्या र कुरान आयतमा गलत व्याख्या गरिएको छ’ उल्लेख गरिएको छ ।

आयोगले धार्मिक सहिष्णुता सामुदायीक एकता खलवलिने  कुनैपनि कार्य नगर्न तथा कुनै पनि संघ संस्था व्यक्तिले कुनै धर्म र समुदायप्रति आँच पुग्ने कृयाकलाप नगर्न अनुरोध गरेको छ । साथै आयोगले उक्त चलचित्र लाई तत्काल रोक लगाई त्यसको प्रचार प्रसार वन्द गर्न अमेरिकी सरकारलाई अपिल गरेको छ । आयोगले नेपाल सरकारलाई सो चलचित्र वन्द गराउन पहलको लागी विनम्र अनुरोध गर्न समेत गरेको छ । इजरायली मुलका अमेरिकी नागरिक तथा रियल स्टेटका मालिक सेम वेकलले उक्त चलचित्र वनाएका हुन ।

Posted by Butwalonline on 3:19 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "इन्नोसेन्स अफ मुस्लिम’ नामक चलचित्रको विषयमा राष्ट्यि मुस्लिमआयोगको ध्यानाकर्षण"

Leave a reply