|

श्रीमतीको गुप्तांगमा भालाप्रहार गरि हत्या


ताप्लेजुङ , चैत्र २१ - श्रीमानले गरेको भाला प्रहारबाट घाइते चाँगे गाविसकी एक महिलाको उपचार क्रममा मृत्यु भएको छ । चाँगे ८ की अमृता लिम्बुको विराटनगरबाट धरान लैजाने क्रममा आइतबार निधन भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जिल्लामा उपचार सम्भव नभएपछि विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो । त्यहाँ पनि उपचार नहुने भन्दै रेफर गरेपछि धरान लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । शनिबार विवाद हुँदा नरबहादुर साँवाले सुँगुर मार्न प्रयोग गरिने फलामको भाला गुप्तांगमा प्रहार गरेका थिए ।

प्रहरी नियन्त्रणमा रहेका साँवाका अनुसार उनले प्रहार गरेको भाला अमृताको गुप्तांगभित्र पसेको थियो । छोराछोरीले झगडा भएको हल्ला गरेपछि उनलाई उपचारका लागि चाँगेको दोभान पुर्‍याइएको थियो ।

'मैले सिक्किम जानका लागि पैसा मागेँ, उसले गुन्यू उचालेर देखाई, रिस उठेर त्यहीबेला छेवैमा रहेको भाला उचालेर हान्दा भित्र पस्यो,' साँवाले भने । तुरुन्तै रगत नआएको र सामान्य अवस्थामा रहेकाले उनको मृत्यु भएको हुन नसक्ने दाबी साँवाले गरेका छन् । १ देखि २६ वर्षसम्मका ५ छोराछोरीका बाबु उनले दाजुकामा जान ३ हजार मागेको बताए ।
स्रोत :कांतिपुर दैनिक 

Posted by Butwalonline on 7:40 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "श्रीमतीको गुप्तांगमा भालाप्रहार गरि हत्या"

Leave a reply