कोरियामा बुद्ध बोर्न इन नेपाल नामक डकुमेन्ट्री प्रदर्शन
![]() |
दक्षिण कोरियामा देखाइएको ‘बुद्ध बोर्न इन नेपाल’ डकुमेन्ट्री हेर्दै दर्शकहरु |
१५ हजार अमेरिकी डलरको लागतमा निर्माण गरिएको एक घण्टा दस मिनेट लामो यस डकुमेन्ट्रीमा छायाङ्कनका क्रममा नेपाली र अंग्रेजी भाषा प्रयोग गरिएको भए पनि कोरियाली, फ्रेन्च, स्पेनिस भाषामा समेत अनुवाद गरिसकिएको छ भने चिनियाँ, जापानी र डचमा पनि अनुवाद भइरहेको निर्माता महतोले जानकारी दिए । कोरिया नेसनल विश्वविद्यालयबाट मास्टर अफ फाइन आर्टमा स्नातकोत्तर गरेका महतोले डकुमेन्ट्री बनाउनुको कारण खोतल्दै भने- कोरियामा धेरै देशका नागरिकले बुद्ध नेपालमा होइन अन्तै जन्मेको हो भन्ने तर्क गर्दा म सारै दुःखी भएको थिएँ त्यसपछि नै यो निर्माण गर्ने सोच बनाएँ जुन आज प्रदर्शन हुँदै छ उनले थपे यो तथ्यको प्रचार प्रसार नेपाल र अन्य मुलुकहरुमा पनि चाँडै नै गर्ने छु। एनआरएन कोरियाले आफ्नो वार्षिक कार्ययोजना बुद्ध नेपाल अभियान स्वरुप प्रयोजन गरेको यस प्रदर्शनीमा कोरियाली बौद्ध विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी, बौद्ध मार्गी, विभिन्न क्षेत्रका सञ्चारकर्मी लगायत २०० भन्दा बढी कोरियाली दर्शकको उपस्थिति रहेको थियो ।
स्रोत :कान्तिपुर
