स्याङ्गजा सहयोग समाज कतारको अर्जुनचौपारि इकाई समिति पूर्नरगठन
घनश्याम पराजुली -कृष्ण, दोहा -कतार ९ मार्च २०१२ स्याङ्गजा सहयोग समाजको मातहतमा अर्जनचौपारि इकाई समिति सनैयाको स्टि्रट न.१० होटल माउन्टेनमा बृहत भेला विच पुनरगठन गरिएको छ ।संस्थाका सस्थापक अध्यक्ष तथा स्याससका बर्तमान अध्यक्ष टुकराज अर्यालले अध्यक्षता गर्नुभएको उक्त कार्यक्रममा प्रमुख अतिथि स्याससका प्रमुख सललाहकार तथा गैर आवासिय नेपाली संघका प्रथम उपाध्यक्ष गुरुनारायण रानाभाट रहनुभएको थियो भने विषेश अतिथिहरुमा स्याससका प्रथम उपाध्यक्ष रामु बस्याल ,स्याससका कोषाध्यक्ष याम प्रसाद श्रेष्ठ रहनुभएको थियो ।त्यसैगरि अतिथिहरुमा स्याससको केन्द्रिय समितीवाट घनश्याम पराजुली, चोलाकान्त वि.क.,बेद प्रसाद पाठक,विष्णु क्षेत्री , डासिराम पाण्डे,खड्ग बहादुर नेपाली , स्यासस चाकुरा इकाई समितिका अध्यक्ष कल्याण पौडेल, स्यासस रापाकोट इकाई समितिका अध्यक्ष नारायण प्रसाद काफ्ले रहनुभएको थियो ।
बृहत रुपमा स्याङ्गजावासिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा संस्थाको नयाँ व्यानर उद्घाटन, प्रमुख अतिथिबाट दिप प्रज्वलन गरि नेपाली राष्ट्रियगान सँगै उद्घाटन गरिएको कार्यक्रममा उपस्थित महानुभावहरुलाई स्वागत मन्तव्य संस्थापक उपाध्यक्ष तथा स्याससका द्घतिीय उपाध्यक्ष गोप सुनारले राख्नुभएको थियो । डोलराज अर्यालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा स्याससका कोषध्यक्ष याम श्रेष्ठले संस्थालाई एकजुट भएर अघाडि बढाउनु पर्ने र संस्थालाई कुनै राजनिति गर्ने थलो नबनाउन आग्रह गर्नु भएको थियो भने स्याससका प्रथम उपाध्यक्ष रामु बस्यालले सामाजिक सेवामा सद्घैव लागिरहन शुभकामना दिनुभयो ।
प्रमुख अतिथि स्याससका प्रमुख सललाहकार तथा गैैर आवासिय नेपाली संघका प्रथम उपाध्यक्ष गुरुनारायण रानाभाटले यस संस्थाले विगतका दिनहरुमा अतुलनिय काम गर्दै आएको र यसलाइ निरन्तरता दिदै अघाडि बढ्न शुभकामना दिनुभयो । कार्यक्रमका सभापति स्याससका बर्तमान अध्यक्ष टुकराज अर्यालले कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई धन्यवाद दिदै आफ्नो कार्यकालमा सहयोग गर्ने विशिष्ट व्यक्तिहरुलाई पनि धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले यस कार्यक्रमले स्यासस अर्जुनचौपारि इकाइ समितिको लागि एक जुझारु कार्य समिति आउने आशा राख्दै संस्थाको मर्ममा रहि काम गर्न सुझाव दिनुभयो । खुल्ला सत्रको समापन गर्दै सभापति अर्यालले बन्द सत्र सञ्चालनको लागि गुरुनारायण रानाभाटको संयोजकमा तिन सदस्यीय निर्वाचन समिति घोषणा गर्नुभएको थियो ।
निर्वाचन समितिले आहृवान गरेको उमेदवारि दर्ता प्रक्रियाको अन्त्य सगै निर्वाचन समितिले याम भुसालको अध्यक्षतामा १५ सदस्यीय नँया कार्यसमिति र्निविरोध चयन गरेको छ जसमध्ये उपाध्यक्ष अशोक अर्याल, सचिव डोलराज अर्याल , सह-सचिव याम आचार्य , कोषाध्यक्ष एक नारायण देवकोटा, सह-कोषाध्यक्ष विरहि कार्कि र अन्य सदस्यहरुमा क्रमशः किरन सुनार , मेक ब. रोका, गुप्त ब. रोका, दिपक बराली, इन्द्र के.सी., धन बहादुर वि.क., घनश्याम अर्याल , जोगेन्द्र गुरुङ्ग रहनु भएको छ ।
सस्थाका नवनिर्वाचित सचिव याम भुषलले संस्थाको सांगठानिक प्रतिबेदन पेश गर्दै २४ अगष्ट २००९ देखि गरेका सामाजिक कार्यहरुको जानकारि गराउनु भएको थियो भने नवनिर्वाचित कोषाध्यक्ष एकनारायण देवकोटाले सस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै तिन लाख दश हजार आठ सय तिरसठ्ठ िरुपैयाको काम भएको जानकारि गराउनु भयो ।
उक्त नयाँ समितिलाई स्याङ्गजा सहयोग समाजका संस्थापक अध्यक्ष राजेशदर्शन अर्याल बाट सफत ग्रहण गराइएको थियो भने संस्थाको पहिलो बैठकबाट संस्थामा संरक्षक टुकराज अर्याल तथा गोप सुनार ,सल्लाहकारहरुमा शेर बहादुर गुरुङ्ग , राजेशदर्शन अर्याल , गुरुनारायण रानाभाट र दिपक पौडेल रहने जनाएको छ ।
Posted by Anonymous
on 6:23 AM. Filed under
News,
Prabasi News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response