|

राजधानीबाट बिहीबार एक किशोरीको 'फिल्मी' शैलीमा अपहरण


काठमाडौं, चैत्र १६ - राजधानीबाट बिहीबार एक किशोरीको 'फिल्मी' शैलीमा अपहरण भएको छ ।
भाइसँग कोटेश्वर महादेवस्थानमा इभिनिङ वाकमा निस्किएकी १४ वर्षीया सनम भण्डारी अपहरणमा परेकी हुन् । सेतो र‌ंगको भ्यानमा आएका अपहरणकारीले उनीसँगै रहेका १२ वर्षीय भाइलाई धकेलेर सनमलाई लगेका थिए । कालो सिसाको गाडीमा २ जना रहेको सनमका भाइले बताए । सनम ललितपुर एभिएम स्कुलमा कक्षा ८ मा पढ्दैछिन् ।
तिनकुने सुविधानगर परिवारसँगै बस्दै आएकी सनम अपहरणको खबर पाए लगत्तै प्रहरीले आफ्नो काम सुरु गरिसकेको छ । बुधबारमात्रै आमाले सनमले चलाउने गरेको मोबाइल अनावश्यक फोन आएको भनी खोसेर राखेकी थिइन् । प्रहरीले २-३ दिन यता आएका फोनको अध्यन गरेको छ । एएमएस धेरै चलेको र एएमएसमा के छ भन्ने थाहा भएपछि अनुसन्धान गर्न सजिलो हुने प्रहरीले बताएको छ ।
स्रोत :कान्तिपुर दैनिक 

Posted by Butwalonline on 4:51 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "राजधानीबाट बिहीबार एक किशोरीको 'फिल्मी' शैलीमा अपहरण"

Leave a reply