नेताहरूको महìवाकाङ्क्षा
किशोर के.सी.
सपना मान्छेले देख्छ, अरू प्राणीले होइन । सपना सबैले देख्नुपर्छ । जो सपना देख्दैन त्यो मान्छे के मान्छे । मानव जीवनमा सपना देख्नु अस्वाभाविक होइन बरु, नदेख्नु चाहिँ असामान्य कुरा हो । ब्रहृमाण्डमा मानव नै एक मात्र त्यस्तो जीव हो जोसित चेतना छ । मानव बाहेक अन्य प्राणी खोर र वनजङ्गलमै सीमित रहनु तर मान्छे चाहिँ चन्द्रलोकसम्म पुग्नुको पछाडि सपनाकै हात रहेको यथार्थलाई नमानी सुख छैन । सपना त देख्नुपर्दछ तर अति तथा जथाभावी भने होइन । नौ-दश बजेको व्यस्त 'अफिस आवर' मा गाडी हाँक्दाहाँक्दै स्वयंलाई सलमान खान ठानेर 'झण्डुबाम ...' गीतमा मस्त भई नाच्ने सुन्दरीहरूको सपना देख्नु कुनै पनि अवस्थामा ठीक होइन । यसबाट दुर्घटना बाहेक केही हात लाग्दैन । नेपालको राजनीतिमा अहिले यही गल्ती व्यापक रूपमा भइराखेको छ । जसले गर्दा हीराको टुक्राझैँ चम्किनु पर्ने त्यो देश पचलीको कवाडी पसलमा खिया लागेर थन्किएको कुनै फलामे 'सामान झैँ झन्झन् खिइँदै गैराखेको छ ।
राजनीतिमा लाग्ने व्यक्तिले भविष्यको मीठो तथा सुन्दर सपना एवं महìवाकाङ्क्षा सजाउनु स्वाभाविक हो । जनताको सुन्दर तथा सुखी भविष्यका लागि राजनीतिज्ञ वा नेता महìवाकाङ्क्षी बन्नु जरुरी पनि छ । तर "काम कुरा एकातिर कुम्लो बोकी ठीमीतिर" भनेझैँ केवल आˆनै महìवाकाङ्क्षामा लीन भएर बस्नु चाहिँ कुनै पनि अवस्थामा उचित होइन । सत्य बोल्दा यस देशका धेरै नेतालाई चित्त दुख्ला तर यथार्थमा उहाँहरूलाई देश र जनताको दुःखकष्टले होइन आˆनै चिन्ताले खाइरहेको छ । देशले कसरी निकास पाउँछ अनि जनतालाई कसरी सुख, शान्ति, समृद्धि मिल्छ भन्नेमा धेरै नेतालाई मतलब छैन । उहाँहरूलाई चासो छ त- मन्त्री, प्रधानमन्त्री वा अन्य कुनै महìवपूर्ण पद ओगटेर मस्ती मार्न पाइन्छ कि पाइन्न भन्नेमा । यो राष्ट्रको उचित निकास तथा शान्ति स्थापनालाई सही निकर्षमा पुर्याउने नै हो भने नेताहरूको यो आचरण, सोचमा परिवर्तन आउनै पर्छ ।
एक डेढ महिनाभित्रका पत्रपत्रिका मात्र पल्टाउने हो भने पनि मन्त्री, प्रधानमन्त्री बन्ने होडबाजीका धेरै खेलबारे स्पष्ट अवगत गर्न सकिन्छ । बहुदलीय प्रजातान्त्रिक शासन प्रणाली भएको मुलुकमा कुनै पनि राजनीतिक पार्टीले आˆनो पार्टीका नेतालाई प्रधानमन्त्री तोक्न सक्दछ, अन्य पार्टीका फलानो व्यक्तिलाई चयन गरे मात्र समर्थन गर्छौं नत्र गर्दैनौं भनेर भन्न मिल्दैन । तर यहाँ यस किसिमका कार्य धेरै पार्टी तथा नेताहरूबाट भएका छन् । भइराखेका छन् । लोकतन्त्रका ठूलठूला कुरा गर्ने तर त्यसका सामान्य मूल्य-मान्यतालाई नै नमानेर अगाडि बढ्ने हो भने के मजा ? यस किसिमको अपच व्यवहारले लोकतन्त्रलाई जरैदेखि उखेलेर ˆयाल्न बेर लाग्दैन । यसैले बेलैमा सच्चिएर अगाडि बढौँ । 'कलिउड' मा बसेर 'बलिउड' की पि्रयन्का र ऐश्वर्याहरूलाई फलानोसित जोडिदिनु भनेर आदेश दिन मिल्छ ?
नेपालमा पार्टी फुट्नुलाई सामान्य घटनाका रूपमा लिन थालिएको छ । केही महिना अघिसम्म २५ वटा दल रहेकोमा अहिले टुक्रिएर २८ पुगेका छन् । यही क्रम जारी रहने हो भने चाँडै नै नेपालमा राजनीतिक दलको सङ्ख्या तीन दर्जन पुग्ने निश्चित छ । यो प्रजातन्त्रको उपहास होइन ? कति मिहिनेत गरेर पार्टीको जन्म भएको हुन्छ । कार्यकर्ता तथा सबैको कठोर प्रयासपछि त्यो पार्टी सम्मानजनक उचाइमा पुगेको हुन्छ । तर नेताजीको अति महìवाकाङ्क्षाले त्यही पार्टी 'घरको न घाटको' अवस्थामा पुग्छ । हाल कतिपय यस्ता पार्टी पनि देखिएका छन्, जसका नेताले मन्त्री, प्रधानमन्त्री बन्ने सपना देखेर पार्टीलाई टुक्राटुक्रा बनाएका छन् । पद र पैसाका लागि सम्पूर्ण आदर्श, सिद्धान्त इमानदारी भुल्नु मानव आचरण विपरीत काम हो । जन्मेपछि एकचोटी सबैले मर्नुपर्छ । अनि, मर्दा आफूले गरेका पुण्यकार्य बाहेक साथमा कसैले केही लग्न सक्दैन । यस शाश्वत यथार्थलाई हाम्रा देशका राजनीतिक पार्टीका नेताहरूले किन भुलिरहेका छन् ? ईश्वरले ती सबैलाई यस बारे राम्ररी सद्बुद्धि दिए सारा नेपाल तथा नेपाली अनि लोकतन्त्रको कल्याण हुन्थ्यो ।
अख्तियार तथा कानुनी रूपमा कारबाहीमा नपरेका धेरै भ्रष्ट नेता तपाईं-हामी सामु अझै पनि ज्यूँदा छन् । भौतिक सुखका सम्पूर्ण वस्तु भोग गर्न ती सक्षम छन् तर केही आसेपासे, आफन्तलाई छाडेर अरू सबैका दृष्टिमा उनीहरू अति घृणित छन् । बाटोमा हिँड्दा डेढ-दुई करोडको गाडी चढे पनि जनताको अन्तर्मनको थुकाइले उनीहरू विक्षिप्त बन्नपुगेका छन् ।
अब देशलाई उचाइमा पुर्याउने सपना देख्नु पर्यो अनि त्यस्तै महìवाकाङ्क्षा राख्नु पर्यो नेताहरूले । सधैँ आˆना अनि आˆनै मात्र स्वार्थमा अघि बढ्दा यो देश पूरै अस्तव्यस्त भइसकेको छ । यही सिलसिला जारी रहेमा कुनै दिन यो देशै नरहन पनि सक्छ । जब देशै नरहने हो भने हाम्रा नेताहरूले कहाँ नेता गिरी गर्ने ? यसैले अब गर्ने राजनीति देश, जनता र लोकतन्त्रको हितका लागि पूर्ण रूपमा समर्पित रहनेछ भनेर नेताहरूले प्रण गर्नु जरुरी होइन अनिवार्य नै छ ।
यत्रो समय बितिसकेको छ तर शान्ति प्रक्रिया अझै टुङ्गोमा पुगिसकेको छैन । लोकतन्त्र अझै तरल अवस्थामा छ । हिंसा, अभाव, महँगी चरम सीमामा पुगेको छ तैपनि यस देशका राजनीतिक पार्टीहरू एक भएर अगाडि बढ्न सकेको पाइन्न । सहमति तथा सहकार्य केवल शब्दमा मात्र सीमित रहन पुगेको छ । तैपनि विगत केही दिन अघिदेखि सहमतिका लागि शीर्ष दलका शीर्ष नेताहरूबीच पटक पटक छलफल तथा बैठक भइराखेको छ । सहमतिको टुङ्गो लाग्न नसके पनि आपसी प्रयत्नमा भने निरन्तरता जारी छ, जसबाट आशावादी हुने ठाउँ केही मात्र भए पनि देखापरेको छ । यसैले यस आशालाई खुसियालीमा परिणत गरौँ । नेपालका राजनीतिक पार्टीहरूबीचको विवाद तथा असमझदारीले गर्दा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको निकै 'बदनाम' एवं आलोचना भइराखेको छ । त्यसमाथि राष्ट्रसङ्घीय शान्ति मिसन -अनमिन) प्रमुख करिन लेनग्रेनले हालै राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा नेपाल सम्बन्धमा पेस गरेको प्रतिवेदनले नेपालको प्रतिष्ठामा अवश्य पनि असर पर्न गएको छ । यद्यपि लेनग्रेनको भनाइ पूर्ण रूपमा मनगढन्ते भएको दाबी सरकारको छ । हाम्रा दलहरू बीचको खिचातानी तथा आपसी दुव्र्यवहार अहिले अन्तर्राष्ट्रिय जगत्मा 'जग हँसाउने काम' भइराखेको छ । त्यसमाथि पार्टीको नेतृत्व हाँक्ने नेताहरूको स्वार्थपूर्ण व्यवहारले यसमा घ्यू थप्ने काम गरिराखेको छ ।
हाम्रो देश अहिले त्यो अवस्थाबाट अगाडि बढिरहेको छ, जुन स्थितिमा कुनै पनि राजनीतिक पार्टीलाई अलग राखेर शान्ति प्रक्रिया निष्कर्षमा पुग्न सक्दैन । आˆना कार्यकर्ताको ताली खान तथा सञ्चार माध्यममा छाउन नेताहरूले जतिसुकै चर्को कुरा बोले पनि व्यवहारमा त्यस्तै कडा कदम लागू हुन असम्भव छ । लहडबाजी तथा उत्तेजनाको आधारमा कदाचित कसैबाट उग्र कदम चालियो भने त्यो भन्दा दुर्भाग्यपूर्ण कुरा नेपाल र नेपालीका निम्ति केही हुनसक्दैन । भिडेर कसले कसलाई पछार्छ भन्नेमा लाग्ने बेला होइन अहिले । आˆनो शक्तिको अड्कल, प्रदर्शन अनि प्रचार-प्रसार गरेर अहिले कसैलाई प्रभाव पार्छु, एकाधिकार कायम गर्छु भनेर कसैले पनि नसोचे हुन्छ । यस किसिमको महìवाकाङ्क्षाबाट अहिले विशेष गरी नेतृत्व हाँक्ने पार्टीका शीर्ष नेताहरू तुरुन्तै अलग भइहाल्नु बेस छ ।
यस देशमा कुन राजनीतिक पार्टी कति राष्ट्रप्रेमी छ अनि कुन पार्टी जनविरोधी छ भन्ने बारे एकएक जानकारी अहिले नेपाली जनतालाई हुनथालेको छ । यसैले जनतासामु व्यर्थका 'नाटक' गर्नु अनि 'गोहीको आँशु झार्नु' नेताहरूका निम्ति बेकार छ । जनताका लागि साँच्चै केही गर्ने हो र राष्ट्रलाई उचित निकास दिने हो भने अब कुरा होइन काम गरेर देखाउनु पर्यो । करोडौँ पर्ने गाडी र महलमा बस्ने सपना अनि मन्त्री प्रधानमन्त्री बनेर देश हाँक्ने महìवाकाङ्क्षा होइन दुःख-कष्ट र अभावले छट्पटाइरहेका जनताको पीडामा मलम दल्न थाल्नु पर्यो।
साभार :गोरखापत्र दैनिक