तामाङ समाज युएईको दुबाई क्षेत्रीय समिति गठन
जनवरी १ तारिख आईतबार का दिन दुबाई स्थित याकएण्डयति रेस्टुरेन्टको सभाहलमा युएईका विभिन्न स्थान हरु बाट भेला भएका तामाङ हरुको एक बृहत भेला बाट संजय तामाङको अध्यक्षता मा ९ सदस्यीय दुबाई क्षेत्रीय कार्यसमिति गठन गरेको छ !
तामाङ समाज युएईका केन्द्रीय अध्यक्षा श्री राम मोक्तान को सभापतित्व मा सम्पन्ना उक्त भेलामा समाज का पूर्व अध्यक्षा तथा वर्तमान संरक्षक श्री छत्र लामा समाज का कार्यकारिणी अध्यक्षा, श्री महेश मोक्तान महासचिब , श्री रबिन थिंङ कोषाध्यक्षा श्री सुप्रिम तामाङ तथा केन्द्रीय सदस्य द्दोय काजीमान घिसिंग र विक्रम तामाङ का साथै अबुधाबी क्षेत्रका क्षेत्रीय अध्यक्षा सुरेन्द्र थिंङ रसल्खेमा क्षेत्रका क्षेत्रीय अध्यक्षा मान योन्जन लगायत को उपस्थित रहेको थियो !
दुई चरणमा सम्पन्ना भएको उक्त भेलामा पहिलो चरणमा समाजका पदधिकारी हरुले समाज गठन को औचित्य र समाज ले बिगत देखि गर्दै आएका विभिन्न सामाजिक गतिबिधि हरुको बारे जानकारी गराएको थियो भने दोस्रो चरण मा दुबाई क्षेत्रीय समितिका नबनिर्बाचित पदाधिकारी हरु लाई बधाई तथा कार्य सफलताको लागि शुभकामना ब्यग्त्ता गर्ने कार्य सम्पन्ना भएको थियो ! साथै सोहि भेलामा हालै नेपाली दुताबासको समन्वय तथा तामाङ समाज युएईको टिकट सहयोगमा उद्दार गरि नेपाल फिर्ता पठाएको सिन्धुपाल्चोक जिल्ला, लिस्ती गाउँ विकास समिति निबशी बर्ष १८ कि फुर्लामु लामा को उद्दार मा सक्रिय भूमिका निभाएका अबुधाबी क्षेत्रका क्षेत्रीय अध्यक्षा सुरेन्द्र थिंङ ले निज लाई भेटि उनले भोगेका दुख र कष्ठ हरुको बारे मा थाहा पाउंदा अत्यन्तै मर्माहत भएको र समाज ले निज को उद्दार को लागि आफुलाई जिम्मेवर दिई निज लाई उद्दार गर्न पाउंदा अत्यान्दै गर्भ महसुश भएको भन्दै सो कार्यको बारेमा भेला लाई बिस्तृत जानकारी गराएको थियो ! सो समारोहमा समाजसेबी शम्भु वाइबा र समाजका सल्लाहकार प्रताप तामाङ ले समेत प्रबाशमा जातीय संगठनको आबश्कता को बारेमा प्रकाश पार्नु भएको थियो !
तामाङ समाज युएईको बिधान अनुरुप युएईका विभिन्न क्षेत्र हरु मा क्षेत्रीय समिति हरु गठन गर्ने नीति अनुरुप यस पूर्व रशाल्खैमा क्षेत्रीय समिति र अबुधाबी क्षेत्रीय समिति गठन भैं सकेको र निकट भबिस्य मै शारजाह क्षेत्रीय समिति गठन गर्ने योजना समेत रहेको तामाङ समाज युएईले जनाएको छ !
