धौलागिरी क्षेत्रको पवित्र क्षेत्र गलेश्वरको विकासकोलागी ७ दिने ज्ञान महायज्ञ गरिने
काठमाडौ, २४ पुष । धौलागिरि क्षेत्रको पवित्र क्षेत्र गलेश्वर क्षेत्रको विकास र प्रचारप्रसारकोलागी आगामि फागुण २ गतेदेखि ९ गतेसम्म ज्ञान महायज्ञ हुने भएको छ ।
गलेश्व क्षेत्र विकास समिति म्याग्दीले आईतवार रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर नेपालको प्रमुख धार्मिक क्षेत्र हुँदा हुँदै पनि सरकारको बेवास्ताका कारण पछि परेको सो क्षेत्रको विकास र पर््रवदनकोलागी स्थानीय क्षेत्रमा समिति गठन गरी राष्ट्रिय अन्तर्रर्ााट्रय स्तरका धर्माचार्यहरुबाट सात दिनसम्म ज्ञान महायज्ञ आयोजना गर्न लागिएको जानकारी दिईयो ।
मुक्तीनाथ, भरत, जडभरत, पुलह, पुलस्त्य जस्ता ऋषिमुनीहरुको तपोभूमि गलेश्वर क्षेत्र कृष्णगण्डकीको तटमा रहेको चक्रशिला र सालग्राम पाईने क्षेत्र हो ।
पत्रकार सम्मेलनमा समितिका अध्यक्ष रुद्रबहादुर केसीले बैदिक गुरुकुलको ब्यवस्था, सुविधासम्पन्न सत्सङग हल, तिर्थयात्रीको आवास भवन निर्माण, असहायकोलागी आवास भोजन, गण्डकी नदिको प्रदुषण नियन्त्रणकालागी कार्यकालागी सहयोग जुटाउन ज्ञान महायज्ञ गर्न लागिएको जानकारी दिए ।
