|

बजार अनुगमनमा तिब्रता,म्याद नाघेको औषधी राख्ने पसलमा शिलबन्दी

चितवन, भाद्र २८ - जिल्ला अनुगमन टोलीले म्याद नाघेको औषधी विक्रीको लागि राखेको फेला पारेपछि भरतपुरको हाकिमचोकस्थित अविनास औषधि पसलमा सिलबन्दी गरेको छ ।
जिल्ला प्रशासन कार्यालयवाट खटिएको अनुगमन टोलीले अविनास मेडिकलमा म्याद गुज्रेका औषधी एवं विक्री वितरण गर्ने प्रमाणपत्र फेला नपारेपछि टोलीले सिलबन्दी गरेको हो । औषधी पसलमा डेक्सट्रोज ईन्जेक्सन ३ थान, क्लोबेटाप्रोमी क्रिम ११ थान, युक्रोमा (छालाको क्रिम) १ थान म्याद नाघेको अबस्थामा फेला परेको थियो ।
म्याद गुज्रेका औषधी पसलकै र्याकमा रहेकोले त्यो विक्रीकै लागि राखेको भन्दै टोलीले प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतमको आदेशमा सिलबन्दी गरेको हो ।
यता पसल सञ्चालकले भने अरुम्याद गुज्रेका औषधी र्याकबाट हटाए पनि सो हटाउन बिर्सेको दावी गरेका छन् ।
अन्य जिल्लामा खाद्य सामग्री कालोबजारी तथा कृत्रिम अभाव हुन नदिन अनुगमन तिब्र पारिएकै बेला चितवनमा बुधबारबाट अनुगमन थालिएको हो ।
नारायणगढ र भरतपुरका बिभिन्न स्थानमा बिज्ञहरु रहेको ३ वटा छुट्टाछुट्टै समुह बनाएर अनुगमन थालिएको छ ।
बिहानैदेखि अनुगमन थालेको टोलीले खासगरि औषधि, मिठाई पसल, खाद्यान्न, डेरी र मासुपसलमा अनुगमन गरेको जनायो । अनुगमनका क्रममा कतिपय होटलका भान्सा घर निकै फोहोर पाइएको थियो । अनुगमनका क्रममा बालकुमारी तरकारी बजारमा आँटा हुसेनको मासु पसलमा बाख्री मिसाइएको ५० किलो मासु बरामद गरिएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतमले चाडवाडपछि पनि छड्के अनुगमन गरिने जनाए । उनले चाडवाड अघि अनुगमनलाई निरन्तरता दिइने र अबैध भेटिए कारबाही गर्ने जनाए ।

Posted by Butwalonline on 5:40 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बजार अनुगमनमा तिब्रता,म्याद नाघेको औषधी राख्ने पसलमा शिलबन्दी"

Leave a reply