विषालु च्याउ खांदा ३ जनाको मृत्यु
चितवन, असार ३- चितवनको विकट गाविस कविलास-७, मा विषालु च्याउ खाएको चेपाङ परिवारका तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३० वर्षीया सोमति चेपाङ, उनका दुई छोरा ९ वर्षीय मानबहादुर चेपाङ र ६ वर्षीय सन्तकुमार चेपाङको मृत्यु भएको हो| दुई जनाको सिकिस्त अवस्थामा भरतपुर अस्पतालमा उपचार भैरहेको छ।
शनिबार सन्तकुमार, आइतबार बिहान मानबहादुर र दिउसो सोमतिको मृत्यु भएको अस्पतालले जनाएको छ। गत जेठ ३२ गते बिहान विषालु च्याउको तरकारी खाएका उनीहरुलाई सिकिस्त अवस्थामा भरतपुर अस्पतालमा भर्ना गरिएको थियो।
गाउँ नजिकैको जसवान जंगलबाट खोजेर ल्याएको च्याउ पकाएर खाने वित्तिकै उनीहरु विरामी परेका थिए। स्थानीय गाउँलेको सहयोगमा ३२ गते दिउँसो भरतपुर अस्पताल ल्याइपुर्याइएको थियो। च्याउ खाएर बिरामी परेका सोमतिका ३५ वर्षीय श्रीमान बुद्धिबहादुर चेपाङ र अर्का छोरा १८ वर्षीय अर्जुन चेपाङको भरतपुर अस्पतालमै उपचार भैरहेको छ।
चितवनका विकट ग्रामिण क्षेत्रका चेपाङ सहित जनजाति समुदायहरु जंगली गिठा, भ्याकुर, च्याउलगायत संकलन गरेर खानामा प्रयोग गर्ने गर्छन्। खाद्यान्नको अभाव रहेका पहाडी गाउँमा हिँउद र खानेकुरा नभएको ६ महिना उनीहरुको जंगली कन्दमुलबाटै जीविकोपार्जन गर्छन्। दुई वर्षअघि चिवतनको लोथरको कान्दा गाउँमा विषालु च्याउ खाँदा एकै परिवारका आठ जनाको मृत्यु भएको थियो।
समाचार नागरिक न्यूज बाट