|

झोले सहरकारीको संख्या बढ्यो

किरणमान बज्राचार्य,कपिलवस्तु, २८ मंसिर-कपिलवस्तुमा झोले सहरकारी संस्था समेत रहेको पाईएको छ । लहैलहैमा लागेर सहरकारी संस्था खोल्नेहरुको अवस्था त्यस्तो रहेको पाईएको हो । अनुदानको मल लिन र सरकारी अनुदान लिनका लागि खुलेका त्यस्ता सहकारीको अवस्था अत्यन्तै नाजुक रहेको देखिएको हो ।

डिविजन सहरकारी कार्यालय कपिलवस्तुद्धारा तौलिहवामा आयोजित सहरकारी सुशासन तथा समन्वयका लागि सहकारीकमीृ बिच अन्तmरक्रिया कार्यक्रममा डिविजन प्रमुख बेदाप्रसाद उपाध्ययले सहकारीको अवस्था बारे प्रकाश पार्दै सो कुरा बताएउनु भएको हो । अर्घाखाची र कपिलवस्तु गरी दुई जिल्ला हेर्ने डिविजन सहकारी कार्यालयमा सहरकारी खोल्ने होडबाजी नै चलेको छ, तर कारोवार झोलामा मात्र सीमित भएका कारोवार गर्नेको संख्या बढीरहेको छ उहााले सो प्रति चिन्ता ब्यक्त गर्दै भन्नु भयो । अधिकानसले प्रगति र लेखापरीक्षण रिपोर्ट समयमा कार्यालयमा पशे नगरेकोले समस्या पर्ने गरेको उहाको भनाई छ । झोला सहरकारी संस्थाको थुपै बताए पनि त्यस्को संख्या भने उहााले सार्बजनिक गर्नु भएन ।

जिल्लामा कुल चार सय ४६ सहकारी मध्ये दुई सय ८० कृषि सहकारी रहेको तथा त्यसमध्ये थुपै सहुलितयतको मलको कारोवारमा मात्र सीमित रहेका पाईएको छ । तीन महिना लगाएर ५० सहकारी संस्थाको अनुगमन गर्दा सहरकारी संस्थाहरुको त्रुटी र कमीकमजारी भेटिएको थियो । आवश्यक जनशक्तिको अभावले प्रभावकारी अनुगमन हुन सकेको छैन, एक जना निरीक्षकको भागमा ८५ वटा सहरकारी पर्छ अनि कसरी कार्यालय छोडोर हिडने प्रमुख उपाध्ययले भन्नु भयो । जिल्लामा सहकारीको दायरा बढेको तथा करोड बढी कारोवार गर्ने १० सहकारी भए पनि अधिकानस सहकारीको अवस्था कमजोड रहेको उहााले बताउनु भयो । सहकारी ऐनको लामो समय देखि परिमार्जित नहुन, नियमावली बन्न नसक्नु, सहकारी संघले सक्रियरुपमा कार्य गर्न नसक्नु लगायतका कारणले सुशासन कायम गर्न असमर्थ रहेको उहााले स्विकार गर्नु भयो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द घिमिरेले सहरकारी संस्थाहरु ऐन नियम तथा सहकारीको सिद्धान्त अनुसार चल्नु पर्ने बताउनु भयो । अहिले सहरकारी संस्थाहरु बारे संचार माध्यममा टीका टिप्पणी भईरेको उल्लेख गर्दै सामुहिक भावना र पारदर्शीता कायम गर्न सके संस्था दीगोरुपमा चल्ने उहााले बताउनु भयो । सो अवसरमा सहकारी संस्थाका प्रतिनिधिहरुले सहरकारीहरुलाई सरकारले थप सहयोग र लगानी गर्नु पर्ने माग गर्नु भएको थियो । कमीकमजारी गर्ने सहकारीमाथी बिशेष निग्रीन हुने पर्ने उहााहरुको माग थियो । बावुराम शर्माको संचालन तथा प्रमुख उपाध्यायको अध्यक्षतमा भएको कार्यक्रममा जिबिसका योजना अधिकृत दिपेन्द्र रेग्मी, सहकारी संघका जिल्ला अध्यक्ष पुष्पा रेग्मी, एदोग बाणिज्य तौलिहवाका अध्यक्ष संतोष कुमार कसौधन लगायतले सहकारीको बिकासका बारेमा बोल्नु भएको थियो ।

Posted by Butwalonline on 5:28 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "झोले सहरकारीको संख्या बढ्यो"

Leave a reply