|

कालिकाको सार्वजनिक परिक्षण संपन्न

कपिलवस्तु, २८ मंसिर-क्रियाशील संस्था कालिका स्वालम्बन सामाजिक केन्द्रले ३२ बार्षिक उत्सवमा सदरमुकाम तौहिलवामा सामाजिक परीक्षण संपन्न गरेको छ । सो अवसरमा संस्थाका अध्यक्ष अरुण खड्काले संस्था संबन्धी सामाजिक लेखापरिक्षण विशेषांक पुस्तिका सार्बजनिक गर्नु भएको थियो ।

सो अवसरमा संस्थासंग आबद्ध सरोकारवालाहरुले संस्थाका कार्यक्रमहरुलाई अझ सशक्तढंगले गााउ गााउमा लैजानु पर्ने सुझाव दिनु भएको थियो । सुशासन प्रबद्र्धन, गरिवी निवारण, बचत तथा ऋण परिचानल, खानेपानी तथा सरसफाई, अनौपचारिक शिक्षा लागतयतका कार्यक्रम संचालन संथाले संचालन गरेको बताईएको छ ।

अरुण खडकाको अध्यता, रामेन्द्र सिंह रावलको संचालन तथा गुणनिधी भुसालको सहजीकरणमा भएको कार्यक्रममा गैसस महासंघका सभापति प्रविण श्रीवास्तस्व, आईएनएफ तौहिलवाका प्रमुख राम बहादुर सिंजाली, मंकेश गुप्ताm परशुराम यादव लगायतले शुभ कामना मन्तब्य दिनु भएको थियो ।  बार्षिक उत्सवक कै अवसरमा संस्थाले शुक्रवार तौहिलवामा मैत्रीपुर्ण फुटवलको समेत कार्यक्रम राखेको जनाएको छ ।

Posted by Anonymous on 5:39 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कालिकाको सार्वजनिक परिक्षण संपन्न"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु