|

क्यामरामै वाइफाईको सुबिधा

काठमाडौं, वैशाख १४- तपाईंसँग कार्ड रिडर वा डाटा केबल छैन भने क्यामेराबाट फोटाहरु कम्प्युटरमा कसरी सार्नुहुन्छ? चिन्ता मान्नुपर्दैन तपाईका लागि खुसीको खबर छ। अब वाइफाई भएका क्यामरा आइसकेका छन्। त्यस्ता क्यामराबाट फोटो सजिलै ल्यापटप वा कम्प्युटरमा सारेर सुरक्षित गर्न सकिन्छ। 
सामसङ, निकोन, सोनी, पानासानिक, क्याननले डिएसएलआर, कम्प्याक्ट र भिडियो क्यामरामा यो सुविधा दिएका छन्।
'वाइफाई भएको क्यामराबाट सजिलै फोटो कम्प्युटर वा ल्यापटपमा राख्न सकिन्छ,' क्याननको नेपालस्थित आधिकारिक बिक्रेता प्राइमेक्स इन्टरनेसनलका मार्केटिङ म्यानेजर दिनेश अग्रवालले भने।
उनका अनुसार यो सुविधाबाट फोटो ब्याकअप राख्नसमेत सजिलो हुन्छ। उनका अनुसार क्याननले भिडियो र कम्प्याक्टका ४ सिरिज नेपालमा उपलब्ध गराएको छ। नेपालमा क्याननको वाइफाई भएको कम्प्याक्टको न्यूनतम ३० हजार रुपैयाँ पर्छ भने भिडियो क्यामराको ५० हजार रुपैयाँभन्दा माथि पर्छ।
क्याननका यी मोडलबाट फुल एचडी मुभी खिच्नसमेत सकिन्छ। अग्रवालका अनुसार यी क्यामरामा व्यक्तिको अनुहार चिन्ने 'फेस आइडी' समेत छ। जसले क्यामरा किनेपछि व्यक्तिको नाम र तस्बिर राखे त्यो अनुहारलाई सजिलै चिनेर पछि तस्बिर खिच्न सक्छ। 
भएको ३ मोडल ल्याएको छ। तर यसामान्य क्यामराभन्दा अलि महँगा यी क्यामराबाट फेसबुक, टि्वटर हायफाइभ लगायतका सामाजिक सञ्जालमा सजिलै तस्बिर तथा भिडियो अपलोड गर्न सकिन्छ। 'वाइफाई सुविधा भएको ठाउँमा खिचिएका तस्बिर ठाउँको ठाउँ अपलोड गर्न सकिन्छ,' सामसङको आधिकारिक हिम इलेक्ट्रोनिक्स नायव महाप्रबन्धक विनय त्रिपाठीले भने,'युट्युबमा समेत भिडियो राख्न सकिन्छ।' सामसङले स्मार्ट क्यामरामा यस्तो सुविधा दिएको छ।
वाइफाइयुक्त स्मार्ट फोन र टिभि, ट्याबलेट, नेटबुक र लगायतका सबै डिभाइसमा समेत क्यामराबाट फोटो तथा भिडियो हेर्न सकिन्छ। 'जहाँ खिच्यो त्यहिँबाट अपलोड गर्दा सबैले हेर्न सक्छन्,' त्रिपाठीले भने्, 'तत्कालको गतिविधिलाई हेरेर मनोरन्जन गर्न सकिने भयो।' सामसङले १९ हजार ९९ देखि २९ हजार ९९ सय रुपैयाँका यी क्यामरा बेच्ने गरेको छ। समासङको डब्ल्युबी १५० एफ मोडल क्यामरा १४.२ मेगापिक्सेल अप्टिकल जुम, एचडी रेकर्डिङलगायत सुविधा छन्। वाइफाई सुविधा भएको क्यामराबाट अर्काे फाइदा पनि भएको त्रिपाठी बताउँछन्। उनका अनुसार यी क्यामराबाट खिचिएका तस्बिरहरु स्वचालित रुपमा ब्याकअपमा जान्छन् र पहिलेभन्दा सुरक्षित हुने राख्न सकिन्छ। यसको लागि निकोनले 'माइ पिक्चर टाउन', पानासोनिकको 'पिकासा' फोल्डर बनाएका छन्। यसमा गएर एउटा आइडी बनाएपछि ब्याकअप राखन सकिन्छ। 'तस्बिर खिच्नुस्, अटोमेटिक रुपमा व्याकअपमा जान्छ, आवश्यक परेकोलाई निकाल्नुस,' क्याननका अग्रवालले क्यामराबारे बताए। वाइफाई भएको क्यामराबाट सोझै प्रिन्टि समेत गर्नसकिने सुविधा छ।
कञ्चन अधिकारी,नागरिक न्यूज 


Posted by Butwalonline on 8:27 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "क्यामरामै वाइफाईको सुबिधा"

Leave a reply