विश्व साइकल यात्री ढाकेश्वर क्षेत्रीलाई दुबईमा सम्मान तथा आर्थिक सहयोग
लालबहादुर ढेंगा, दुबई, युएई-दुबई । विश्वमा शान्तिको नारा बोक्दै विश्व साइकल भ्रमणमा निस्केका सापलाखु–५, ताप्लेजुङका निवासी ५७ बर्षीय ढाकेश्वर क्षेत्रीलाई दुबईमा सम्मानका साथ आर्थिक सहयोग गरेका छन् । युएईको मुतु मानिने दुबई सहरमा नेपाली परिकारका स्वादहरु पस्कदै आइरहेका सिल्भर स्पून नेपाली रेष्टुरेण्ट तथा नेपालीको सगरमाथा रेष्टुरेण्टले नेपालको राष्ट्रिय झण्डा र नेपालीको पहिरनलाई विदेशमा पनि चिनाएको भन्दै सम्मान तथा आर्थिक सहयोग गरेको हो ।
गत १२ मार्च मंगलबारका दिन दुबईस्थित संचालनमा रहेको सिल्भर स्पून नेपाली रेष्टुरेण्टले एउटा कार्यक्रमको आयोजना गरि साइकल यात्री क्षेत्रीलाई सम्मान तथा आर्थिक सहयोग गरेको छ । अहालिया एक्सचेन्जका नेपाल कोर्डिनेटर बेनी ढकालको प्रमुख आतिथ्यता, सिल्भर स्पून नेपाली रेष्टुरेण्टकी संचालिका दिपा पाण्डेको अध्यक्षता र चर्चित मोडल तथा कलाकार आशिष पुरुषको संचालनमा भएको सम्मान कार्यक्रममा दिपा पाण्डेले खादा ओढाई सम्मान–पत्रका साथ नगद रकम दिएर सम्मान गरेकी छिन् ।
त्यस्तैगरी गत १३ मार्च बुधबारका दिन दुबईस्थित संचालनमा रहेका नेपालीको सगरमाथा रेष्टुरेण्टले पनि एउटा कार्यक्रमको आयोजना गरि सम्मानका साथ आर्थिक सहयोग गरेको छ । विभिन्न क्षेत्रबाट उपस्थित भएका अतिथिहरु रहेको सम्मान कार्यक्रममा नेपालीको सगरमाथा रेष्टुरेण्टका संचालक ईश्वरीप्रसाद उपाध्यायले साइकल यात्री क्षेत्रीलाई पैसाको माला लगाई सम्मान गरेका छन् । रेष्टुरेण्टकी सहसंचालिका मंजु गौली पौडेलले विश्वमा शान्तिका दूत भएर विश्व साइकलको भ्रमणमा निस्केका क्षेत्रीलाई शुभकामना समेत दिइन् ।
सुरुमा मेचीदेखि महाकालीसम्म साइकल यात्रा गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा भारत, बंगलादेश र भुटान हुंदै जर्मनी, स्वीट्जरल्याण्ड, स्वीडेन, अष्ट्रलिया, वर्मा, थाइल्याण्ड, जापान र हङकङ्ग गरि जम्मा ५८ देशमा भ्रमण गरिसक्नु भएको छ भने अब उहां ५९ औ देशको साइकल यात्रामा दुबईबाट कतारतिर प्रस्थानको लागि तयारीमा लाग्नु भएको छ ।
विश्व साइकल यात्राको क्रममा दुबई आउदा युएईमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको माया र सहयोग पाएर साइकल यात्री क्षेत्री निकै खुशीमा देखिन्छन् । आगामी शुक्रबारका दिन युएईमा क्रियाशिल रहेका विभिन्न सामाजिक संघ संस्थाहरुद्धारा सम्मान गरिने योजना रहेको खबर प्रकाशमा आएको छ ।