तम्घासका विराट सुन्दरीजलमा मृत फेला, हत्या आशंका
प्रेम सुनार,गुल्मी, चैत्र २९ । १९ गते देखि काठमाण्डौको होस्टलबाट बेपत्त तम्घास १ पुतली वजारका १९ वर्षिय विराट भुसाल हिजो काठमाण्डौंको सुन्दरीजलमा मृत फेला परेका छन् ।
हिमालयन ईन्जिनियरिङ्ग कलेज पाटनमा प्रथम वर्ष ईन्जिनियरिङ्ग पढ्दै गरेका भुसाल काण्माण्डौंको बुद्धनगरस्थित प्रिटोरिया होस्टलबाट चैत्र १९ गतेदेखि सम्पर्क विहिन भएका थिए । उनका आफन्त एवं नेपाल पत्रकार महासंघ गुल्मीका सचिव तारा भुसालका अनुसार विराटको फोन चैत्र १७ गते दिनैभर स्वीच अफ भएको थियो भने अर्को दिन १८ गते १ वजेको समयमा सम्पर्क भएको थियो ।
तम्घासको पुतली वजारस्थित हरिप्रसाद भुसालको छोरा विराटको पुर्खेयौंली घर अर्घाखााचीको मरेङ्ग ८ मा पर्दछ । उनको शव वौद्ध प्रहरीले सुन्दरीजलको जलविद्युत परियोजनाको ड्याममा फेला पारेको हो । शवको प्रकृति देख्दा उनको कसैले हत्या गरेको आशंका भएको उनका मामा लक्ष्माण फुल्देलले बताए । विराटको शव महराज गञ्ज स्थित टिचिङ्ग अस्पतालमा राखिएको छ ।