|

हराएका नेपाली बाल मजदुर हेल्प नेपाली मिसनको सम्पर्कमा

नई दिल्ली नई दिल्ली चैत्र २८ । नई दिल्ली स्थित रहेको सलाम बालिग ट्र्ष्टमा विगत केहि समयदेखि ३ जना बालमजदुर र ३ जना अनाथ बालकहरु गरि ६ जना नेपाली बाल मजदुरहरु त्यहां रहेको जानकारी प्राप्त भएपछि दिल्ली स्थित रहेको हेल्प नेपाली मिसनले उक्त बालकहरु रहेको टं्र्र्ष्टमा जानकारी लिन जांदा भेटिएका सबै बालकहरु त्यहां रहेको जानकारी प्राप्तगरि बालकहरु संग उनीहरुको घर परिवार, ठेगाना र उनीहरुको अवस्थाबारे जानकारी लिई उनीहरु आफ्नो हेल्प नेपाली मिसनको सम्पर्कमा रहेको उक्त संस्थाले जनाएको छ ।

उक्त ट्र्ष्टमा रहेका बालकहरुमा जगतपुर वार्ड नं। २ सिराह जिल्ला निवासी धनुकी यादवका छोरा अन्दाजी बर्ष १४ का जगेन्द्र कुमार यादव, सिलवारी वार्ड नं। ८ बौडाहा मोरङ्ग निवासी दयानन्द मण्डलका छोरा बर्ष ११ का कृष्ण मण्डल ट्र्ष्टमा रहेका बालकहरु मध्ये कृष्ण मण्डलको केहि समय पहिला मात्र ट्र्ष्टबाट मुटुको सल्यक्रिया समेत समेत गरिएको थियो भने सम्पर्कमा आएका बालकहरु मध्ये भैरहवा रुपन्देहीका अन्दाजी १४ देखि १५ बर्षका अमृत परियार रहेका छन् ।

ट्र्र्ष्टमा रहेका अन्य बालकहरुमा जगेन्द्र यादव १ महिनादेखि, कृष्ण मण्डल विगत ३ महिनादेखि र अमृत परियार विगत १५ महिनादेखि रहेका छन् भेटिएका बालकहरुमा अमृत परियार बोल्न नसक्ने र आफ्नो नाम लेख्न मात्र सक्छन् । भने अन्य बालकहरु बोल्न र लेख्न जानेका छन् ।

 यसै गरि उक्त ट्र्ष्टमा रहेका नेपाली बालकहरुमा सन्तपुर रौतहट निवासी शंकर रामका छोरा बर्ष १३ का प्रकाश कुमार, रौतहट जिल्लाकै शंकर रामका छोरा बर्ष १४ का हरि कुमार र सपर दोस्टिया रौतहट ३ का बर्ष १२ का लाल मुहम्मद रहेका छन् । नेपालबाट प्रत्येक बच्चाहरुलाई ५० हजारका दरले मालिकले खरिद तीन बालकहरुलाई दिल्ली ल्याइ पुराएको र उनीहरुलाई दैनिक १८ घण्टा सम्म कठोर श्रममा लगाईने गरिएको थियो । बच्चाहरुलाई विगत डेढ महिनादेखि काममा लगाइएको कम्पनीबाट काम गदा गदै स्थानिय दिल्ली प्रशासनको सहयोगद्धारा निजहरुलाई उद्धार गरिएको थियो भने कठोर काममा लगाइएका  बालमजदुरहरुको सम्वन्धमा स्वास्थ्य जांच गरि बाल श्रमिक मजदुर सम्वन्धी हाल अदालतमा मुद्धा चलिरहेको छ ।

आफ्नो घरबाट हराई एकाएक भेटिएका यि बालकहरु संग सम्पर्क गरि ठोस प्रमाणका साथ प्रमाणित कागजात ल्याई जिम्मा लिन हेल्प नेपाली मिसनका अध्यक्ष कवि कार्कीले उनीहरुका अभिभावकहरुलाई आग्रह गरेका छन् ।

Posted by Butwalonline on 7:45 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " हराएका नेपाली बाल मजदुर हेल्प नेपाली मिसनको सम्पर्कमा "

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु