प्रवासि ग्रुप युएईले सास्कृतिक कार्यक्रम सहित भेला सम्पन्न गरेको छ
गिता मणि पाण्डे युएई दुवई - गत सुक्रवार युएईको दुवईमा रहेको एभरेष्ट ईन्टरनेसनल होटलमा प्रवासि ग्रुप युएईले सास्कृतिक कार्यक्रम सहित भेला राम प्रसाद महतोको सभापतित्वमा प्रमुख अतिथी नेत्रनारायण थनेत विशेष अतिथी गिरमान थापा मगर र अतिथीहरु यमलाल शर्मा पगेनि , किशोर चौधरि , दिपेन्द्र चौधरि ,भुवन राई , डि आर गुरुङ , सिता भुर्तेल , युव राज भुषाल , कृणा भुषाल , राजु गुरुङ ,उत्तम अधिकारि तथा अन्य सघ सस्थाका प्रतिनिधी , वुद्धिजिवी ,समाज सेवि , पत्रकार हरुको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन मान वहादुर महतोले गरेका थिए ।
प्रवासि गुप युएईले चार वर्ष अगाडि प्रवासि थारु गुप राम प्रसाद महतोको संयोजकमा स्थापना गरेको थियो जसले आज आएर सम्पुर्ण नेपालीहरुलाई समेटने गरि नाम चेन्ज गरेर प्रवासि ग्रुप युएई वनाएको हो जसले याहा रहेका सम्पुर्ण नेपालीहरुलाई आवद्ध हुन पनि अनुरोध गरेको छ । उक्त्त कार्यक्रममा नेपालीहरुको सस्कृति झल्कने नाचहरु तथा गितहरुको प्रस्तुति गरेको थियो जसले गर्दा नेपाली दाजु भाई दिदि वहिनीहरुले भरपुर्ण रुपमा नाच्दै मनोरन्जन लिएका थिए भने स्थापना देखि काम गर्दै आएका राम प्रसाद महतोलाई प्रवासि थारु समाज युएईका नेत्रनारायण थनेत ले प्रमाण प्रत्र र जनजाति महासघ युएईका गिरमान थापा मगरले खादा ओढाएर सम्मान गरेका थिए ।
तेहि दिन पारेर नया कार्य समिती राम प्रसाद महतोको अध्यक्षतामा १३ सदस्यिय कार्य समिती चयन गरेको छ भने विशिष्ट सल्लाहकार नेत्रनारायण थनेत उपाध्यक्ष नेत्रप्रसाद महतो कोषाधयक्ष भिमवहादुर महतो सचिव मान वहादुर महतो व्यवस्थापनमा जितेन्द्र थनेत सदस्यहरुमा होमनारायण थनेत , होमनाथ महतो , धर्मराज महतो , ललितमान थनेत , अनिल थनेत , लेमवहादुर मल्ल , कुमार थापा मगर लाई सर्वसहमतिले चयन गरेको हो । अन्तमा सभापति द्धारा उपस्थित सवैलाई कार्यक्रम सफल वनाउन सहयोग गर्ने सवैलाई धन्यवाद दिदै कार्यक्रम अन्त भएको घोषणा गरेका थिए ।