|

पारसको मृत्यु हल्ला मात्रै

काठमाडौं, फागुन ११ - हृदयघातपछि अचेत पूर्व युवराज पारस शाहको अवस्थामा सुधार नआएपछि हिमानी शुक्रबार दिउसो बैंककतर्फ लागेकी छन्। थाइ एयरवेजको नियमित उडान टिजी३२० बोइङ ७७७ बाट हिमानी बैंकक प्रस्थान गरेकी हुन्।

हिमानीका साथमा उनकी स्वकिय समेत बैंकक गएकी छिन्।  'हिमानी सरकार थाइ एयरवेजको दिउसोको फ्लाइटबाट बैंकक प्रस्थान गर्नुभयो', उहाँको साथमा स्वकिय सचिव स्मिता सिंह पनि सँगै जानु भएको छ।' बैंककस्थित समितिभेज अस्पतालको सिसियुमा उपचार गराइरहेका पारसलाई सहयोग गर्न नै बहिनी प्रेरणा सहितको ५ सदस्य टोली बैंककमै छ। पारश शाह मृत्युको हल्ला आधारहीन हो। उनी अझै आसियुमा छन्', शर्माले अस्पतालबाट ट्विट गर्दै भनेका छन्।स्रोत :नागरिक न्यूज

Posted by Butwalonline on 6:32 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पारसको मृत्यु हल्ला मात्रै "

Leave a reply