निकासको लागि निर्वाचननै उपयुक्त विकल्प-एमालेका अध्यक्ष खनाल
बिनोद परियार,बुटवल,फागुन ११-एमालेका अध्यक्ष झलनाथ खनालले मुलुक महासंकटमा फसेकाले निकासको लागि निर्वाचननै उपयुक्त विकल्प भएको बताउनुभएको छ । उहााले प्रधानन्याधिसको नेतृत्व मुलुकको निकास र निर्वाचनको ग्यारेन्टीका लागि भएको समेत बताउनुभयो । युवा संघ नेपालको ८ औा राष्ट्रिय महाधिवेशनलाई बुटवलमा सम्बोधन गर्दे अध्यक्ष खनालले यस्तो बताउनुभएको हो ।
आवाज १ मुलुकमा सबैधानिक रित्तत्राको फाईदा उठाएर माओबादी नेतृत्व अगाडि बढेको बताउदै अध्यक्ष खनालले त्यसका विरुद्ध एमालेले अगुवाई गर्ने बताउनुभयो । वर्तमान बाबुराम भट्टराई नेतृत्वको सरकार टुलुटुल हेरेर बसेको खनालले आरोप लगाउनुभयो । वर्तमान सरकारकै कारण सवैधानिक सङ्कट उत्पन्न भएकोभन्दै खनालले अव सर्वाेच्च अदालत पनि खाली हुने अवस्थामा पुगेको बताउनुभयो । आवाज एकीकृत माओवादीले शक्ति पृथकिकरणको सिद्धान्तलाई तिलान्जली दिएको समेत खनालको टिप्पणी थियो ।
सविधान सभाको निर्वाचनमा नेकपा एमाले तेस्रो पार्टी हुनु र लोकतन्त्र नबुझेको एकीकृत माओवादी पहिलो हुनुको विडम्बनाले नै सविधान बन्न नसकेके खनालको दावी छ । मुलुकको वर्तमान सङ्कट समाधान गर्न सक्ने एक मात्र पार्टि एमाले नै भएको दावीगर्दै खनालले अव हुने चुनावमा नेकपा एमाले नै पहिलो पार्टीको रुपमा उदाउने ठोकुवा गर्नुभयो । कार्यक्रममा बरिष्ठ नेता माधव नेपालले माओबादीको कारण मुलुकनै खतरामा परेको बताउनुभएको छ । उहााले माओबादीको उग्रबामपन्थी विचारले लोकतन्त्रलाई समाप्त खोजेको आरोप लगाउनुभयो । अर्का नेता केपि शर्मा ओलीले डा.बाबुराम भट्टराई नेतृत्वको सरकार कुहिएकोफल जस्तै भएको बताउनुभयो ।
उहााले माओबादी पतनको दिशातर्फ गएको आरोप लगाउदै निर्वाचनपछि एमाले पहिलो शक्ति हुने दावी गर्नुभयो । उपाध्यक्ष बामदेव गौतमले बाबुराम भट्टराई नेतृत्वको सरकारले विदेशीका पक्षमा मात्र सम्झौता गरेको आरोप लगाउनुभयो । उद्घाटनसत्रमा एमालेका सचिवत्रय युवराज ज्ञवाली,विष्णुपौडेल,शंकर पोखरेल,एमाले लुम्बिनी अञ्चल ईन्चार्ज छविलाल विश्वकर्मा,पोलिटब्यूरो सदस्य पशुपति चौलागाई,भोजप्रसाद श्रेष्ठ, लगायतले बोल्दै बर्तमान सरकारको बहिगर्मन छिट्टै हुने उद्घोष