|

गज़ल

कसरी ब्यक्त गरौँ ? यहाँ अत्याचार भएको छ
कसैको स्वच्छ भावनामा बलात्कार भएको छ

विकृति र विसंगति,बढेका छन् दिन दिनै
पवित्र विचारधारा पनि, निराधार भएको छ

 बदमाशहरु मस्त सँग घुम्दै छन् जताततै
सोझा र सज्जनमाथि,सधैँ तलवार भएको छ

बेसरम र नकच्चर्याइले पराकाष्ठा नाघ्दा
गहिरो मित्रतामा अब वारपार भएको छ

सिर्जनामा हस्तक्षेपले,प्रतिभाहरु भन्दै छन्
"आफ्नो परिश्रममा अर्कैको फलाहार भएको छ"

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

Posted by Butwalonline on 5:13 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गज़ल "

Leave a reply