गजल
भबिस्यको पिर र् भयमा बित्ने भयो जिबनसधैं भरी आफ्नै निर्णयमा बित्ने भयो जिबन
परिवारको लागि भौतिक सुख जुटाउदा म
रोदनै रोदनको लयमा बित्ने भयो जिबन
केही पाउनलाई केही गुमाउनु पर्छ भन्ने
उखानको झुटो आसयमा बित्ने भयो जिबन
भित्री मनमा पिडा कती छ देखाउन नमिल्ने
खोक्रो प्रसम्शाको जयजयमा बित्ने भयो जिबन
योगदानमा साच्चैको आत्म सन्तुस्टी मिल्दो रैछ
तेसैले त बिना सन्चयमा बित्ने भयो जिबन
कल्पना पौडेल "जिज्ञासु"
गैंडाकोटअ,४,नवलपरासी
हाल:इजरायल