मुक्तक
1- आंखाले तिर चलाउछन् कोही कोही चलन यस्तै छ यहांको ।हांसी हांसी दिल जलाउछन् कोही कोही चलन यस्तै छ यहांको ।
खै किन मान्छे ले दम्व र घमण्ड गर्छ यती धेरै,
लाग्छ टुप्पा वाट पलाउछन् कोही कोही चलन यस्तै छ यहांको ।।
2- वेईमान जोडिएको त्यो इनाम लाई के भन्नुहुन्छ ?
जाजरकोटको भोकमरी र सुर्खेतको गोदाम लाई के भन्नुहुन्छ ?
सम्मान गर्नु त जिवितै हुंदा गर्नु उ देशभक्त हो,
विचरा मर्छ र पछि दिईने त्यो सलाम लाई के भन्नुहुन्छ ?
अशोक गौतम क्षितिज
तिनाउ 98.2 एफ एम
वुटवल, रुपन्देही