विश्वविद्यालयमा पूर्वविद्यार्थीले गोलीहानी नेपालीसहित सात जनाको हत्या
काठमाडौं, चैत २२ - अमेरिकाको क्यालिफोर्नियास्थित एउटा विश्वविद्यालयमा पूर्वविद्यार्थीले जथाभावी गोली चलाउँदा नेपालीसहित सात विद्यार्थी मारिएका छन्।ओकल्यान्डको ओइकोस विश्वविद्यालयमा भएको उक्त गोलीकान्डमा नेपाल, कोरिया, फिलिपिन्स, नाइजेरियाका विद्यार्थी मारिएको त्यहाँका प्रहरी प्रमुख जोन हवार्डलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। प्रहरीका अनुसार कोरियाली मूलका अमेरिकी नागरिक वान गो ले सोमबार बिहान कक्षा कोठामा छिरेर जथाभावी गोली चलाउँदा पाँचजनाको घटनास्थल र दुईको अस्पतालमा मृत्यु भएको हो। प्रहरीका अनुसार तीन विद्यार्थी घाइते भएका छन्। गोली चलाएर भागेका आक्रमणकारीले पछि प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए। आक्रमणकारी विश्वविद्यालयको प्रशासकसँग असन्तुष्ट रहेको र बदला लिने मनसायले यस्तो गरेको प्रहरी प्रमुख जोर्डनले बताए।
प्रत्यक्षदर्शीहरूका अनुसार उनले कक्षामा छिरेर सबैलाई भित्तामा घोप्टिन लगाएर एकएक गर्दै गोली हानेका थिए। 'उनले कक्षामा छिरेर म तिमीहरूलाई मार्न आएको हुँ, भित्तातिर फर्केर लाइन लाग भन्यो,' एक प्रत्यक्षदर्शी विद्यार्थीले स्थानीय सञ्चार माध्यमसँग भनेकी छन्, 'हामीले सुरुमा जिस्केको ठानेका थियौं।'
स्रोत :नागरिक न्यूज