|

चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु

डडेल्धुरा, चैत २२- खेतमा गहुँ काट्न गएका बेला चितुवा आक्रमणमा मंगलबार कुलाउ-१ द्वारीगाउँकी एक बालिकाको मृत्यु भएको छ। घर नजिकैको खेतमा गहुँ काट्न गएका बेला १२ वर्षीया निर्मला जोशीको चितुवाले आक्रमण गर्दा घटनास्थलमै ज्यान गएको हो। 


दुई महिनायता चितुवा आक्रमणमा कुलाउ र पञ्चेश्वर गाविसमा एक गर्भवतीसहित ५ बालिका ज्यान गइसकेको छ। चितुवा आक्रमणका कारण पञ्चेश्वर, कुलाउ, आमचौरा, महाकाली लगायत गाविसका बासिन्दा त्रसित छन्।गाउँपारि भारतीयको ठूलो जंगल भएका कारण चितुवा राति नेपाल, दिउँसो भारततिर जाने गरेका स्थानीयको भनाइ छ। गत वर्ष पनि चितुवाको आक्रमणबाट बैतडीको तल्लो स्वराड क्षेत्रमा सातजनाको ज्यान गएको थियो।
स्रोत :नागरिक न्यूज 

Posted by Butwalonline on 7:51 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु"

Leave a reply