टयाक्टरमा लोड गरिएको काठमा मोटरसाइकल ठोक्किदा दुईको मृत्यु
टीकापुर, चैत्र २४ - सुदुर पश्चिम स्तरिय एमालेको आम सभाबाट र्फकने क्रममा एमालेका दुई जना कार्यकर्ताको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।
कैलालीको अत्तरियाबाट लम्की र्फकदै गर्दा बलिया गाविस-८ का सन्तोषकुमार शाह र जंग विक सवार से १ प ६२१६ नम्बरको मोटरसाइकल बलिया गाविसको भल्का नजिक विहिबार साढे १० बजे दुर्घटना भएको हो ।
कैलालीको बलचौरबाट मुक्त कमैयालाई उपलव्ध गराएको काठ चिरानका लागि सःमीलमा लैजादै गरेको से १ त २६३२ नम्बरको टयाक्टरमा लोड गरिएको काठमा ठोक्किदा उनीहरुको घटनास्थलमै मृत्यु भएको क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
मृतक जंग विक एमाले कैलाली क्षेत्र नं २ का क्षेत्रिय उपाध्यक्ष र सन्तोषकुमार शाह एमाले गाउ समिति सदस्य रहेका जनाइएको छ ।एमाले कार्यकर्ता तथा उनीहरुका आफन्तले पुर्वपश्चिम राजमार्गको लम्की सडक खण्डमा चक्का जाम गरेका छन् ।
स्रोत :कान्तिपुर न्युज
