अपहरण गरी भारत पुर्याइएका युवक सकुशल मुक्त,तीन अपहरणकारी पक्राउ
काठमाडौँ, वैशाख १३- अपहरण गरी भारत पुर्याइएका काठमाडौँ सतुङ्गलका युवक सुरेश महर्जनलाई प्रहरीले सकुशल मुक्त गरी तीन जना अपहरणकारीलाई पक्राउ गरेको छ। घुम्न जाने बहानामा भारत, रुपइडिहा पुर्याएर बन्धक बनाइएको थियो। चैत १९ गते अपहरणमा परेका महर्जनको रिहाइका लागि अपहरणकारीले तीन करोड फिरौती रकम माग गरेका थिए। महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको विशेष टोलीले भारतीय प्रहरीसँग समन्वय गरी बुधबार उनलाई भारतीय भूभागबाट अपहरण मुक्त गरेको हो।
महाशाखाका प्रमुख देवेन्द्र सुवेदीका अनुसार अपहरणमा संलग्न तीन जना नेपाली पक्राउ परेका छन्। अपहरणमा अन्य व्यक्ति पनि संलग्न रहेको देखिएको उनले बताए। पक्राउ परेका अपहरणका अभियुक्त र पीडितलाई प्रहरीले काठमाडौँ ल्याउँदैछ।
समाचार नागरिक न्यूज बाट