|

ट्रकको ठक्करबाट आमाछोरीको मृत्यु


नेपालगन्ज, चैत्र २४ - ट्रकको ठक्करले बिहीवार राति आमाछोरीको मृत्यु भएको छ । आमाको घटनास्थलमा र ४ वर्षीया छोरीको उपचारका क्रममा राति पौने १२ बजेतिर मृत्यु भएको हो ।
नेपालगन्जको प्रहरी तालिम केन्द्र नजिक साढे ६ बजेतिर उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्रकले किच्दा कारकादो ९ वस्ने २० वर्षीया माधुरी मिश्राको घटनास्थलमै मृत्यु भएको थियो । उनकी ४ वर्षीया छोरी मधुको नेपालगंज नर्सिङ्गहोममा उपचारका क्रममा राति पौने १२ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी उदय तामाङले बताए । पैदल हिडिरहेका आमा छोरीलाई ना.२ ख. ९२७४ नं. को ट्रकले ठक्कर दिएको थियो ।
प्रहरीले ट्रक चालक सल्यान धनवाङ्ग किमुचौर १ का २४ वर्षीय बाबुराम बुढालाई पक्राउ गरेको छ । नेपालगंज देखि कोहलपुर तर्फ जादै गरेका बेला ट्रकले बटुवालाई ठक्कर दिएको थियो । घटनाको बिरोधमा राती स्थानीयले केहि समय नेपालगन्ज-कोहलपुर सडक खण्ड अबरुद्ध पारेका थिए र राती नै सडक खुलाईएको पनि प्रहरीले जनायो ।
स्रोत :कान्तिपुर दैनिक 

Posted by Butwalonline on 7:33 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "ट्रकको ठक्करबाट आमाछोरीको मृत्यु"

Leave a reply