बासको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
नेपालगन्ज, चैत्र २४ - बासले नेपालगञ्ज नगरपालिकाले दिने सेवा र सुबिधाको प्रभावकारीता बिषयक सार्वजनिक सुनुवाई कार्यक्रम बिहिबार सम्पन्न गरेको छ । नेपालगञ्जको वडा नं. १३ लाई लक्षित गरी सञ्चालन गरिएको उक्त कार्यक्रममा बिभिन्न ६ वटा बुदाामा प्रतिबद्धता गरिएको छ । नगरपालिका र स्थानीयबासी बिचमा मर्यादित, शिष्ट एवम् घनिष्ट सम्बन्ध कायम गर्ने कुराको आवश्यकतालाई महसुश गरी सञ्चालन गरिएको उक्त सार्वजनिक सुनुवाईमा नगरपालिकाद्धारा गरिएका कार्य र स्थानियबासीहरुका आवश्यकताका बारेमा प्रश्नोत्तर गरिएको थियो ।
कार्यक्रममा सर्वसाधारणका तर्फबाट नगरपालिकाले ढल निकासमा चासो नदिएको, सडक मर्मत तथा नाला निर्माणमा महत्व नदिएको, सरसफाई, सडक अतिक्रमण, डुवान, लामखुट्टेको बिगबिगि लगायतका बिषयमा गुनासा व्यक्त गरिएका थिए । कार्यक्रममा उठाईएका प्रश्न र गरिएका गुनासाहरुको जवाफ नेपालगञ्ज नगरपालिकाका प्रशासकिय अधिकृत मोहन हमाल र वडा नं. १३ का सचिव मखनराज गिरीले दिएक थिए । कार्यक्रम पश्चात गरिएका साझा प्रतिबद्धताहरुमा नेपालगञ्ज नगरपालिको वडा नं. १३ को सरसफाईको लागी तत्काल स्वीपर र रिक्साको व्यबस्था गर्ने, नगरपालिकाको योजना वडामा सञ्चालन गर्दा कार्यक्रमको लागत स्टिमेट अनिवार्य राख्ने, ढल निकास र सडक मर्मतको लागी सर्वसाधारणहरुले ज्ञापन पत्र दिने र नगरपालिकाले प्राथमिकता दिने प्रतिबद्धता गरिएको छ । त्यसैगरी वडा नं. १३ भित्रका सडक बत्तीहरुमा एक हप्ता भित्र नयाा बत्ती राख्ने, डुवानताका सर्वसाधारण ले सुचनादिएमा नगरपालीकाले तत्काल समस्या समाधान गर्ने र लामखुट्टे नियन्त्रणका लागि स्वास्थ्य साग सम्बन्धित निकाय साग नगरपालीकालाई समन्वय गर्ने प्रतिबद्धता गरिएको छ । कार्यक्रममा वडामा रहेका ५० बढि सर्वसाधारणहरुको सहभागीता रहेको थियो । कार्यक्रमका संयोजक गगन थापाले सञ्चालन गरेको सो सुनुवाई कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्देश्य माथि प्रकास बासका अध्यक्ष राजु लामिछानेले गरेका थिए भने कार्यक्रमको समापन बासका पूवाञ्चल उपाध्यक्ष रमेश सिटौलाले गरेकाथिए ।
