|

कतारमा नेपाली कामदारको न्यूनतम मासिक पारिश्रमिक आठ सय रियल

काठमाडौं, २३ चैत । नेपाली युवाका लागि वैदेशिक रोजगारीको प्रमुख गन्तव्य रहेको कतारले कामदारको पारिश्रमिक र सेवा–सुविधा बढाउन थालेको छ । भौतिक निमाणलाई तीव्रता दिइरहेको कतारले पछिल्लो पटक नेपाली कामदारको न्यूनतम मासिक पारिश्रमिक  आठ सय रियल अर्थात् १६ हजार रुपिया पुर्‍याएको छ ।
अहिले कतार सन् २०२२ मा हुने विश्वकप फुटवलका लागि भौतिक पूर्वाधार निमार्णलाई  तीव्रता दिइरहेकाले त्यस क्षेत्रमा कामदारको माग र पारिश्रमिक समेत बढाएको हो । अन्य मुलुकबाट भन्दा निर्माण क्षेत्रमा नेपाली कामदार बढी लिने इच्छा देखाएको कतारले उनीहरुको पारिश्रमिकसमेत बढाउ“दै लगेको व्यवसायीको भनाइ छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव कुमुद खनाल केही महिनायता कतारले कामदारको माग र पारिश्रमिक बढाएको बताउछन । रोजगारदाताले बढी कामदार लिने तयारी गरे पनि मागअनुसार कामदार पठाउन नसकेको उनको भनाइ छ । कामदारको माग बढाए पनि त्यसअनुसार कामदार पाउन समस्या देखिएपछि रोजगारदाताले मासिक पारिश्रमिकसमेत बढाएको उनले बताए । सो क्षेत्रमा नेपाली कामदार नै बढी लिने तयारी भएकाले अहिले रोजगारदाताले फ्रि भिसा समेत बढाएको उनको भनाइ छ । यसअघि सरकारले नै नेपाली कामदारको न्यूनतम पारिश्रमिक अदक्ष कामदारको हकमा आठ सय रियाल अर्थात् १६ हजार रुपिया“ तोकेकोे थियो ।
फ्रि भिसामा पनि मासिक पारिश्रमिक कम्तीमा आठ सयदेखि नौ सय रियालसम्मको माग आउने गरेको व्यवसायी बताउ“छन । वैदेशिक रोजगार व्यवसायी संघका सदस्य तुलसी काप्रीले कतारले केही महिनायता कामदारको माग बढाएको बताए । ठूलो संख्यामा कामदारको माग र पारिश्रमिक बढाए पनि रोजगारीमा जाने कामदार पाउन समस्या रहेको उनले जनाए ।
यसबाट नेपाली कामदार बढी लाभान्वित हुने व्यवसायीको भनाइ छ । पारिश्रमिक र सेवा–सुविधा बढेकैले अहिले मलेसियाभन्दा पनि कतारमा बढी युवा जाने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ । चालु आवको फागुन मसान्तसम्म कतारमा ७४ हजार नौ सय ३८  नेपाली रोजगारीमा गएको बताइएको छ  । विगतका वर्ष नेपाली कामदार बढी मात्रामा वैदेशिक रोजगारीका लागि मलेसिया जाने गरेको भए पनि यस वर्ष भने कतार अग्रपंक्तिमा आएको विभागका अधिकारीको भनाइ छ ।
विभागका निर्देशक काशीराज दाहाल कतारले पछिल्लो पटक सुरु गरेको नया अवसर र पारिश्रमिक वृद्धिकै कारण त्यहा“ जाने कामदार बढेको बताउ“छन् । नेपाली कामदार जोखिम काममा समेत रोजगारीमा जान तयार हुने गरेकाले पनि पूर्वाधार निर्माणका क्षेत्रमा कामदार बढेको उनको भनाइ छ । चालु आवको फागुनमा मात्र कतारमा ६ हजार नौ सय ८४ नेपाली रोजगारीमा गएका छन् । विभागका अनुसार चालु आवमा मलेसियामा ५८ हजार एक सय ६५, साउदी अरबमा ४७ हजार आठ सय २०, युएइ ३९ हजार नौ सय ७९, कुवेतमा १५ हजार  सय ८३, बहराइन चार हजार पा“च सय ४३, ओमान दुई हजार तीन सय ५२, दक्षिण कोरियामा एक हजार ६ सय ८७, जापानमा सात सय ७० र इजरायलमा पा“च सय ७२ जना रोजगारीमा गएका छन् । खासगरी नेपालको श्रम शक्ति कतारपछि मलेसिया, साउदी र युएइ रोजगारीका लागि जानेको विभागको तथ्याङ्क छ ।
स्रोत :सोर्य दैनिक 

Posted by Butwalonline on 11:45 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कतारमा नेपाली कामदारको न्यूनतम मासिक पारिश्रमिक आठ सय रियल"

Leave a reply