जन्मिने वित्तिकै जिउँदै छोरो फ्याक्ने आमा पक्राउ
नुवाकोट,वैशाख २९-अवैध गर्भधारणबाट जन्मिएको नवजात शिशुलाई फ्याक्ने नुवाकोट हल्देकालिका- ४ जामुनेकी १७ वषिर्या सरिता राई सहित चार जनालाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले पक्राउ गरेको छ ।
आफ्ना दाजुसंगको अवैध सम्वन्धबाट जन्मिएको छोरालाई उनले जन्मिने वित्तिकै जिउँदै फ्याकेकी थिईन । शिशुको स्थानिय चुन्नु बेगमको सहयोगमा काठमाडौँमा उपचार भइरहेको छ ।
स्थानीय साहिला राइकी १७ वषिर्या छोरी सरिता राई र उनको माहिलो बाबुका छोरा १९ वषिर्य विकास राईको सम्वन्धबाट शिशु जन्मेको बताइएको छ । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
गत मंगलबार जन्मिएको बच्चालाई उनीहरुले स्थानिय गणेश उच्च माविको पछाडि रहेको रातो माटोको खाल्डोमा फालेर भागेका थिए ।
समाचार ओंलाइन खबर बाट